© २०२३
काठमान्डौ, १९ असोज ।
शुक्रबार र शनिबार अविरल वर्षा परेको कारण देशभरका सिँचाइ क्षेत्रमा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै सिँचाइ क्षेत्रमा मात्रै करिब १० करोड बराबरको नोक्सानी भएको बताए ।
उनका अनुसार, बाढी र पहिरोका कारण निजी क्षेत्रले सञ्चालन गरेको दुईवटा जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । ती आयोजनामा ८ मेगावाट क्षमताको एउटा र १० मेगावाटभन्दा कम क्षमताको अर्को आयोजना समावेश रहेको छ ।
मन्त्री घिसिङले जलविद्युत् क्षेत्रमा परेको क्षतिबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।