© २०२३
काठमाडौं ।
टी–२० विश्वकप छनोटको लागि ओमानमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले हराएको छ ।
बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले ३ तथा सन्दीप लामिछाने र सोमबार कामीले २\२ विकेट लिए।
ओमानमा अर्को अभ्यास खेल नेपालले सोमबार कतारसँग खेल्नेछ। ८ अक्टोबरदेखि छनोट खेल सुरु हुदैछ । तीन समुहमा नौ वटा टोलीबिच विश्वकपका लागि प्रतिस्पर्धा हुँदैछ। नेपालको समूहमा जापान र कुवेत छन्।