© २०२३
काठमान्डौ, १९ असोज ।
अविरल वर्षाका कारण हिजोदेखि अवरुद्ध आन्तरिक हवाई उडान आज बिहानदेखि पुनः सञ्चालन भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम अनुकूल बनेसँगै बिहानैदेखि आन्तरिक उडान सुरु गरिएको हो । काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरतर्फका विमान आज बिहानै उडिसकेका छन् ।
विमानस्थलका प्रवक्ता अनुसार पोखरा र सुर्खेतको मौसम पनि सुधार हुँदै गएपछि ती गन्तव्यतर्फका उडान सञ्चालनको तयारी भइरहेको छ ।
हिजो खराब मौसमका कारण आन्तरिक उडान स्थगित भएका थिए भने अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित रूपमा सञ्चालनमा रहेका छन् ।