ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

कांग्रेसले बिर्सिदै चियापानको ऐतिहासिक परम्परा !

१९ आश्विन २०८२, आइतबार
१९ आश्विन २०८२, आइतबार

आज कोजाग्रत पूर्णिमा । आश्विन शुक्ल पूर्णिमाको दिन साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गर्ने परम्परा चलिआएको छ । यसै दिन नेपाली कांग्रेसले हरेक वर्ष चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्दै आएको पाईन्छ ।

बिक्रम सम्वत २०३३ सालमा जननायक बिशेश्वरप्रसाद कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिई स्वदेश फर्केका थिए । यसै सन्दर्भ जोडेर नेपाली कांग्रेसले वि.स. २०३४ सालबाटै दशै पछि पर्ने कोजाग्रत पूर्णिमाको दिन हरेक वर्ष चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने गरेको इतिहास छ ।

कुनैपनि राम्रो वा असल क्षण र कार्यलाई प्रोत्साहन गर्न शुभकामना प्रदान गर्ने गरिन्छ । उक्त कार्यक्रममा सहभागी अतिथिहरूलाई नेपाली परम्परा अनुसार अतिथि सत्कारका रूपमा चियापान तथा शुभकामना आदान–प्रदानमा जोड्ने गरेको पाईन्छ ।

शुभकामनाको शाब्दिक अर्थ जे भएतापनि कुनै संस्था वा व्यक्तिको उन्नति, प्रगतिमा हौसला थप्दै त्यसपछिका दिनमा प्रतिवद्ध भएर लाग्न सहयोग पुग्ने अर्थमा बुझ्नपर्दछ । नेपाली परम्परा र संस्कृति अनुसार नेपालमा धेरै चाडवाडहरू मनाउने गरिन्छ ।

यसमध्ये विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत र छठ पर्वहरू विशेष ठूला पर्वहरूको रूपमा मनाउने गरिन्छ । यस वर्षको विजया दशमीलाई आज कोजाग्रत पूर्णिमाको दिनबाट विदाई गरिदै छ भने शुभ दिपावली, नेपाल सम्बत र छठ पर्वहरू नजिकिदै छन् ।

यस्ता पर्व र उत्सवका बेला शुभकामना आदान–प्रदानको विशेष अर्थ रहन्छ । शुभकामना शब्दमार्फत केही हदसम्म, हामी नेपाली एक–अर्काको दुःख र सुखमा सहभागी हुन सक्छौं । एक–अर्काबीच भावना साटासाट गर्दै सम्बन्धलाई नजिक र प्रगाढ बनाउन पनि यसले मद्दत गरेको हुन्छ ।

यसर्थ जतिबेला बी.पी. ले ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिएर नेपाल फर्के । यसको कार्यान्वयनका लागि केवल नेपाली कांग्रेस एउटा पार्टी मात्रैले सम्भव हुदैनथ्यो । नेपालमा भएका सबै दलका नेता, कार्यकर्ताको सहयोग र सहकार्यको आवश्यकता महसुस गरियो ।

अन्य समयको भेटघाट तथा चियापान कार्यक्रमले एकता र सहकार्यका लागि त्यति महत्व राख्दैनथ्यो । किनकी, असल कार्यका लागि आफ्नै दल वा पार्टीले नेतृत्व लिनुपर्छ भन्ने जोसुकैमा हुन्छ । हर्षेास्लासका साथ मनाउने पर्वहरूको साथमा सबैको मन खुशी हुने र एक–अर्कामा मदभेद नहुने भएकोले पर्वहरूको बीचमा नेपाली कांग्रेसले चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने योजना बनाई निर्णय गरेको पाईन्छ ।

यस कार्यक्रममा सबै पार्टीका शिर्ष नेताहरू सहभागी हुने भएकोले नेपालको व्यवस्था तथा अवस्था परिवर्तनका लागि विशेष रूपमा अनौपचारिक छलफल हुने गर्दछ । जसले गर्दा एकता र मेलमिलापको नीति अवलम्बन गर्न सहयोग पुग्ने निष्कर्षका साथ नेपाली कांग्रेसको कोजाग्रत पूर्णिमाको दिन आयोजना गरिने चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम अर्थपूर्ण रहेको कांग्रेस नेताहरूको तर्क रहेको छ ।

२०३४ साल देखि निरन्तर रूपमा गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम नेपाली कांग्रेसले गत वर्ष पनि गरेन भने यस वर्ष पनि स्थगित गरेको छ । गत वर्ष पार्टीकै आन्तरिक कारणले रोकिएको शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष २०८२ भदौ २३ र २४ गते जेनजी युवा आन्दोलनका क्रममा भएको जनधनको क्षति र अकल्पनीय राजनीतिक घटनाक्रमका कारण स्थगित गर्ने निर्णय गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

युवाहरूको प्रदर्शनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणामाथि कुटपिट हुनुका साथै कांग्रेसको केन्द्रिय पार्टी कार्यालय सहित सभापति लगायत शिर्ष नेताहरूको घरमा तोडफोड तथा आगजनी भएको थियो । यस्तै राष्ट्रपति भवन, संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका तीनै अंगका सबै तहका भौतिक एवं प्रशासनिक संरचनाहरू, प्रहरी कार्यालय लगायतमा तोडफोड तथा आगजनी भएको छ ।

यसै आन्दोलनबाट ७४ जनाले ज्यान गुमाएका छन् भने दुई हजार भन्दा बढी घाइते भएका छन् । यस परिवेशलाई नेपाली कांग्रेसले नेपालको इतिहासमा अत्यन्त अकल्पनीय र दुःखद घटनाको रूपमा लिएको छ । चाडबाडको समयमा समग्र मुलुकका नागरिकहरू शोकमा डुबेको र पार्टीको केन्द्रिय कार्यालय समेतमा आगजनी गरि ध्वस्त पारिएको छ ।

यो विषम परिस्थितिमा हामी देशभक्त नेपाली नागरिक बीच राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हुनुपर्छ भन्ने तथ्यलाई हृदयङ्गम गर्दै आम नेपाली आमाबुवा, दिदीवहिनी तथा दाजुभाईहरू अकल्पनीय शोकमा रहेकोले कोजाग्रत पूर्णिमाको दिन नेपाली कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम २०८२ आयोजना नगर्ने जानकारी गराउँदै नेपाली कांग्रेस केन्द्रिय कार्यालयले एक विज्ञप्ति जारी गरेको छ ।

यता नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले वर्षौदेखि संचालन गर्दै आएको शुभकामना कार्यक्रम पार्टीले संस्थागतरूपमा रोक्न नहुने बताउँछन । सार्वजनिक स्थल तथा विभिन्न बजार चोकमा रहेका चिया पसलमा अहिले यो विषयको चर्चा भएको सुनिन्छ । शुभकामना आदान–प्रदान कार्यक्रमले धैर्य, संयमता, सामाजिक सदभाव, सहकार्य र एकतालाई मजबुद बनाउँदै विषम परिस्थितिको सामना गर्न सहयोग पुग्ने भएकाले पनि नेपाली कांग्रेसले यो कार्यक्रम गर्नुपर्ने थियो भन्ने भावना सबैले व्यक्त गरेको पाईन्छ ।

अहिलेको समयमा सबैको मन टुटेको छ, नेतृत्व हस्तान्तरणका लागि ज्येष्ठ तथा शिर्ष नेताहरू तयार नहुनु र हरेक क्षेत्रमा राम्रो भन्दा आफ्नो पक्षको व्यक्ति नियुक्ति गर्ने परिपाटीले पार्टीप्रति कार्यकर्ताको वितृष्णा कुण्ठीएको प्रत्यक्ष देखिएको अवस्था हो ।

यस अर्थमा जेनजी पुस्ताका युवाहरूको आह्वानमा भएको भ्रष्टाचार नियन्त्रण तथा सामाजिक संजाल माथिको प्रतिवन्ध हट्नुपर्ने लगायतका विषयमा केन्द्रित आन्दोलनमा सार्वजनिक पदभार गरेका बाहेकका सबै नेता, कार्यकर्ता र नागरिकहरूको एक्यवद्धता रहेको थियो ।

अवस्था परिवर्तनका लागि सुरुवात गरिएको जेनजी आन्दोलनले व्यवस्था नै परिवर्तन गर्छ भन्ने आँकलन कसैले गरेका थिएनन् । व्यवस्था परिवर्तन त भयो तर मानवीय तथा भौतिक क्षति पनि अकल्पनीय रूपमा भएकोमा सबैलाई दुःखी तुल्याएको छ ।

जे जस्तो भएपनि हुने भईसक्यो, अव यहि विषयलाई मनमा लिएर बस्नुभन्दा मानवीय क्षति भएकोमा गहिरो समवेदना प्रकट गर्दै, भत्केको संरचना निर्माण गर्ने र टुटेको मनलाई जोड्दै अगाडि बढ्न आवश्यक देखिन्छ ।

यस कार्यलाई सहयोग गर्न भेटघाट र संवादको आवश्यक हुन्छ । यसका लागि मुलुक विषम परिस्थितिबाट सहजरूपमा परिणत हुँदै गर्दा एकता मजवुत बनाउन सहयोग गर्ने भएकाले पनि नेपाली कांग्रेसको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई रोक्नु हुँदैन भन्ने सवैको धारणा छ ।

जेनजी आन्दोलन पश्चात अहिले मुलुक संकटमा छ । सबै नेपालीहरूको मनामा अव के हुन्छ भन्ने विषयले मनमा एकखालको त्रसित वनाएको अवस्था अझैपनि कायमै रहेको अवस्था छ । जतिबेला २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए ।

कांग्रेस संस्थापक एवं तत्कालीन प्रधानमन्त्री बीपी कोइराला लगायत अन्य नेताहरूलाई जेल हालिएको थियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरि राजनीतिक दलमाथि प्रतिबन्ध मात्र लगाएनन्, नेताहरूमाथि देशद्रोहको मुद्दासमेत लगाएका थिए ।

जेलमुक्त भएपछि उनीहरू भारतमा जीवन बिताउन थाले । त्यसको ८ वर्षपछि अर्थात २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य लगायतका नेताहरू आफूहरू माथि लगाईएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किएका थिए ।

दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन स्वदेश फर्केका कांग्रेस नेताहरूले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेको इतिहासले बताउँछ ।

यसर्थ हाल मुलुकमा परेको समस्या पहिले भन्दा फरक भएपनि अकल्पनीय रूपमा मानवीय र भौतिक क्षति भएको छ । भ्रष्टाचार बिरुद्धमा सुरु गरिएको युवा आन्दोलनले अवस्था होईन व्यवस्था परिवर्तन गरिदिएको छ । सबै राजनीतिक दल सरकार वाहिर रहेर राज्य संचालन नागरिक तहमा पुगेको छ ।

यस्तो समयमा भारत लगायत अन्य देशहरूको हस्तक्षेप हुन सक्ने भनि आँकलन गर्ने गरिएको छ । यो समस्याको निकास, संविधानको सफल कार्यान्वयन, विकास, सुदृढ अर्थतन्त्रको निर्माण, जनताको जीवनमा सकारात्मक परिवर्तन राजनीतिक दलका नेताहरूले नै गर्नुपर्ने आजको मूल आवश्यकता हो ।

यसलाई पूरा गर्न राष्ट्रिय रूपमा अन्तर पार्टी विवाद तथा मतभेदलाई अन्त्य गर्न पनि नेपाली कांग्रेसको चियापान तथा शुभकामना कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने निश्चित नै थियो । अहिलेसम्मका जनआन्दोलन, संविधान निर्माण लगायत विभिन्न अप्ठ्यारो स्थितिमा नेपाली कांग्रेसले नेतृत्व लिदै मेलमिलापको सिद्धान्तबाट मुलुकलाई जोगाउँदै आएको सर्वविदितै छ ।

वर्तमान अवस्थामा आईपरेको संकट समाधानका लागि दलहरूवीचको एकता बलियो बनाउनतर्फ सबैभन्दा पहिलो र ठूलो पार्टी नेपाली कांग्रेसको दायित्व हो । धार्मिक परम्परा अनुसार बडादशै सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात दशैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पुजा आराधना गरि राती जाग्राम बसेपछि समापन गरिन्छ ।

सम्पन्नताकी देवी महालक्ष्मीले कोजाग्रत पूर्णिमाको रात पृथ्वीको भ्रमण गरि को जागेको छ भनि हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पुजा आराधना गरिरहेको छ, उसैलाई आशिर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ ।

यहि विश्वासका कारण गृहिणीहरूले जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दै आएका छन । यस दिनलाई शरद पूर्णिमा पनि भन्ने गरिन्छ । अतः यति महत्वपूर्ण दिनमा कांग्रेसले गर्दै आएको चियापान परम्परालाई यो बर्षपनि निरन्तरता दिएर यसको महत्वलाई जीवन्त वनाउनु आवश्यक थियो ।

जेहोस यो बर्ष चियापान परम्पराले निरन्तरता नपाएपनि चियापान परम्पराको इतिहासलाई अर्को बर्षदेखि निरन्तरता दिने सवालमा कांग्रेस पछि नपरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?