© २०२३
बेलायतको मध्य लन्डनमा शनिबार प्रतिबन्धित संगठन प्यालेस्टाइन एक्सन को समर्थनमा आयोजना गरिएको प्रदर्शनका क्रममा ४८८ जना प्रदर्शनकारी पक्राउ परेका छन् । लन्डन प्रहरीले उक्त जानकारी दिएको हो ।
बीबीसीका अनुसार प्रदर्शनमा झण्डै एक हजार जनाको सहभागिता रहेको थियो । प्रदर्शनकारीहरूलाई उद्धृत गर्दै समाचारमा भनिएको छ कि उनीहरूले प्रतिबन्धको विरोधमा सडकमा उत्रेका थिए ।
बेलायत सरकारले यस वर्षको जुलाई महिनामा प्यालेस्टाइन एक्सनलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाइएपछि उक्त समूहसँगको कुनै पनि सम्बन्ध वा समर्थनलाई गैरकानुनी मानिने व्यवस्था गरिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको उमेर १८ देखि ८९ वर्ष सम्म रहेको छ । उनीहरूलाई प्रतिबन्धित संगठनको समर्थनमा अवैध रूपमा प्रदर्शन गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।
यसअघि बिहीबार म्यानचेस्टरको एक यहुदी सभाघरमा आक्रमण भएको घटनापछि बेलायती मन्त्रीहरू र प्रहरीले प्रदर्शन स्थगन गर्न आग्रह गरेका थिए । तर प्रदर्शनकारीहरूले उक्त आग्रह अस्वीकार गरेका थिए ।