ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

वाणगंगा–९ मा त्रयोदशीको दिन भव्य सराए नाच सम्पन्न

१९ आश्विन २०८२, आइतबार
१९ आश्विन २०८२, आइतबार

 जितपुर, १९ असोज ।

विजया दशमीको अवसरमा वाणगंगा नगरपालिका–९ मा यस वर्ष पनि परम्परागत सराए नाच भव्य रूपमा सम्पन्न गरिएको छ ।

दसैँको त्रयोदशीको दिन स्थानीय दुर्गा भगवती मन्दिर परिसरमा आयोजित सराए नाचमा स्थानीय युवायुवतीहरूको उल्लेखनीय सहभागिता रह्यो ।

हिन्दु परम्पराअनुसार दसैँको सातौँ दिन (फूलपाती) मा घरघरमा भित्र्याइने देवी दुर्गाको फूलपातीलाई आज बिदाइ गर्दै सराए नाच आयोजना गरिएको हो।

सहभागी युवायुवतीहरूले हातमा खुकुरी, तरबार, खुडा बोकी “डुङडुङ ह… वाख्है…” जस्ता परम्परागत आवाज निकाल्दै, नौमती बाजाको सुमधुर तालमा दुर्गा भगवती मन्दिरको परिक्रमा गरे।

मन्दिर परिसरबाट सुरु गरिएको सराए नाच स्थानीय धिरी नदीको किनारसम्म पुगेको थियो, जहाँ वैदिक विधिअनुसार फूलपातीको विसर्जन गरियो। विसर्जनको क्रममा पुजारीले मन्त्रोच्चारण गर्दै देवी दुर्गालाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमका साक्षी रहेका स्थानीय समाजसेवी रोमबहादुर खत्रीका अनुसार सराए नाचले समुदायमा धार्मिक, सांस्कृतिक र सामाजिक एकता सुदृढ पार्ने काम गरेको छ। उनले भने, “यो हाम्रो पुरानो संस्कार हो — जसले गाउँका सबै पुस्तालाई एकै ठाउँमा ल्याउने काम गर्छ।”

यस वर्षको सराए नाचमा बालबालिका, युवायुवती र बृद्धबृद्धाको उत्साह समान रूपमा देखिएको थियो । नौमती बाजाको लयमा सबैले रमाइलो गर्दै देवी दुर्गाको जय घोष गरेका थिए । स्थानीय बासिन्दाहरूका अनुसार सराए नाचले दसैँको रौनक अझै बढाएको छ र यसले पुरानो संस्कृतिको संरक्षणमा सहयोग पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?