© २०२३
काठमाडौँ ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा आएको हो ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीका अनुसार दिउँसो करिब ४ बजेतिर सडक भासिएको हो । उनका अनुसार, दुबै तर्फ ट्राफिक प्रहरी खटाएर सवारी आवागमनलाई सुरक्षित रूपमा एकतर्फी सञ्चालन गरिएको छ ।
यसअघि, वि.सं. २०७९ जेठ २७ गते पनि सोही स्थानमा सडक भासिएको थियो । त्यसपछि मस्र्याङ्दी नदीतर्फको भित्तातिर पर्खाल उठाइएको थियो । सोही स्थानमा पुनः सडक भासिएको प्रहरीले जानकारी दिएको छ ।