© २०२३
काठमान्डौ, १९ असोज ।
शुक्रबारदेखि सुरु भएको विपद्का घटनामा इलाममा ३७ जनासहित देशभर ४९ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीले आइतबार दिउँसो उपलब्ध गराएको विवरणअनुसार इलाममा ३७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता रहेका छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएअनुसार, यसैगरी ७ जना घाइते भएका छन् । अन्य जिल्लामा उदयपुरमा २, खोटाङमा १, पाँचथरमा ६ र रौतहटमा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये अधिकांश बाढी–पहिरोमा परेका छन् भने केहीको मृत्यु चट्याङ तथा सवारी दुर्घटनामा भएको छ ।