© २०२३
काठमाडौँ ।
अविरल वर्षापछि आएको बाढी र पहिरोले इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्कालका लागि बन्द भएको छ । ती आयोजनाबाट उत्पादन हुने १०५.४ मेगावाट बिजुली ठप्प भएको छ ।
ऊर्जा मन्त्रालयका अनुसार, ४.५ मेगावाटको माइखोला हाइड्रोपावर, ८ मेगावाटको माइखोला क्यासकेड, २२ मेगावाटको माइखोला, जोगमाइखोला, तल्लो जोगमाई माइवेनी लगायतका हाइड्रोपावरको उत्पादन बन्द भएको हो ।
त्यस्तै, पाँचथर, इलाम र सिन्धुपाल्चोकका निर्माणाधीन हाइड्रोपावर पनि प्रभावित भएका छन् । मन्त्रालयले निर्माणाधीन पाँच हाइड्रोपावरमध्ये चार वटाको उत्पादन ढिलाइ हुने जनाएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले पनि १३ आयोजनाको १०५.४ मेगावाट बिजुली उत्पादन बन्द भएको जनाएको छ । यस्तै, निर्माणाधीन अवस्थाका ५ वटा आयोजना (९३ मेगावाट) बाढीले क्षति पुर्याएको इप्पानले जनाएको छ ।
