© २०२३
बुटवल, १८ असोज ।
शिक्षा तथा मानव विकास स्रोत केन्द्रले विद्यालयलाई आवश्यक परेको अवस्थामा आश्रयस्थलका रुप्मा प्रयोग गर्न आग्रह गरेको छ । शनिबार सूचना जारी गर्दै केन्द्रले स्थानीय तहसँगको समन्वयमा विपत् प्रभावितको उद्दारमा जुट्न पनि शिक्षकहरुलाई अनुरोध गरेको छ ।
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको अवस्थामा अविरल वर्षाका कारण हुन सक्ने डुवान, भूक्षय लगायतका जोखिमको कारण प्रभावित हुन सक्ने समुदायलाई तत्काल राहत तथा सुरक्षाको आवश्यकता पर्ने देखिएमा विद्यालयहरुलाई आपतकालीन आश्रयस्थलको रुपमा प्रयोग गर्न सकिने केन्द्रले जनाएको छ ।
