ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

कस्तो थियो राजाको दरबार ?

१७ आश्विन २०८२, शुक्रबार
१७ आश्विन २०८२, शुक्रबार

रंगमहल

बुटवलको फूलबारी कहाँ छ भनेर कसैलाई बताउन नपर्ला । मणि मुकुन्द सेन उद्यानको रूपमा परिचित फूलबारीको गेटमा पुगेर सिधै अगाडि बढेपछि करिब १५० मिटर अगाडि पुग्दा एउटा महलको भग्नावशेष देखिन्छ । महलको नाममा कोठाका आकृति प्रष्ट देखिन्छन् अनि खोपी र झ्यालहरू भएको दुई तल्ले भित्ताहरू देखिन्छन् । यसलाई मणि मुकुन्द सेनको दरबार भनेर प्रचार गरिएको छ । लामो समयसम्म परित्यक्त रहेको, झाडीले ढाकेको र घुम्न जाने मानिसहरूले पिसाब गर्दा छेलिन प्रयोग गर्ने त्यो भग्नावशेष ३० वर्ष यता भने जस्ताको तस्तै जोगाउन मेहनत गरिएको छ ।

अध्येता डा. गीतु गिरीले फूलबारीमा रहेको दरबारलाई ‘रंगमहल’ भनेका छन् र यो दरबार मुकुन्द सेनले आफ्नो राज्यकाल वि.सं. १५७५ देखि वि.सं. १६१० को बीचमा बनाएको अनुमान गरेका छन् । पाल्पाका राजाहरू हिउँदमा बुटवल र गर्मीमा तानसेन बस्ने भएकाले उनीहरूले यो दरबारलाई शीतकालीन राजदरबारको रूपमा मात्र नभई राजकीय आवास, प्रशासनिक केन्द्र र मनोरञ्जनका लागि क्रिडास्थलको रूपमा प्रयोग गरिएकोले यसलाई रंगमहल भनिएको उनको दाबी छ । महादत्त सेन, गन्धर्व सेन, पृथ्विपाल सेन लगायतका राजाका चिठीपत्रमा ‘मुकाम बुटवली’ भन्ने उल्लेख भएकाले यही दरबार नै उक्त मुकाम हुन सक्ने अनुमान छ ।

महादत्त सेनको पालामा सन् १७९५ (वि.सं. १८५१) मा प्रभु स्वामी नारायण भनिने नीलकण्ठ वर्ति बुटवलमा रहेको राजाको दरबारमा पाँच महिना बसेर गृहस्थ जीवनको ज्ञान दिएको कुरा स्वामी नारायण टेम्पल (गुजरात) द्वारा प्रकाशित ‘श्रीहरि वनविचरण काव्यम’ मा उल्लेख छ ।

सेन राजाको बुटवल साइनो

नेपाल एकीकरणको पूर्वसन्ध्यामा पाल्पा चौवीसे क्षेत्र अन्तर्गतको एउटा छुट्टै राज्य थियो । विक्रमको सोह्रौं शताब्दीको उत्तराद्र्धतिरदेखि यहाँ सेनवंशी राजाले शासन गर्न थालेका थिए । यस वंशका दोस्रो राजा मुकुन्द सेन ‘प्रथम’ ले वि.सं. १५७५ देखि १६१० सम्म शासन गरेका थिए । विशाल क्षेत्रलाई उनका छोराहरूले विभाजन गरेको देखिन्छ ।

उनको मृत्युपछि जेठा छोरा विनायक सेनले बुटवल, माहिला मणिक्य सेनले पाल्पा, साहिंला भृङ्गी सेनले तनहुँ र कान्छा लोहाङ्ग सेनले मकवानपुरलाई स्वतन्त्र राज्यका रूपमा शासन गर्न लागे । विनायक सेनले बुटवललाई आफ्नै नामबाट ‘विनायकपुर’ घोषणा गरी शासन गरे । यिनका सन्तानमा क्रमशः जशुसेन, दामोदर सेन, बलभद्र भए । यिनको वि.सं. १६९९ मा मृत्यु भएपछि उनका छोरा अम्बर सेन राजा भए ।

अम्बर सेनका समयमा पाल्पामा त्रिलोक सेन राजा थिए । यिनको वि.सं. १७१० मा मृत्यु भयो । त्रिलोक सेन निसन्तान हुनाले राज्यको उत्तराधिकारी भएन । फलस्वरूप पाल्पा राज्य विनायकपुरमा (बुटवल) गाभियो । सोही सालमा राजा अम्बर सेनले बुटवल (विनायकपुर) बाट राजधानी पाल्पा सारी राज्यको शासन गर्न थाले । बुटवल (विनायकपुर) को राजधानी हिउँदे राजधानीका रूपमा मात्र रह्यो ।

राजा अम्बर सेनको वि.सं. १७५० मा मृत्यु भएपछि गन्धर्व सेन पाल्पाका राजा भए । यिनले अवधसँग सुमधुर सम्बन्ध राखेर बुटवल दक्षिणको तराईको भूभागलाई पाल्पाको अधिनमा राखेका थिए । गन्धर्व सेनपछि क्रमशः मुकुन्द सेन द्वितीय, महादत्त सेन र पृथ्विपाल सेन पाल्पाका राजा भएका थिए ।

राजा महादत्त सेनले अवधका नवाव आसफुद्दौलालाई खुसी बनाएर मधेसको ठूलो भूभाग कम तिरो तिर्ने गरी जागिरका रूपमा लिएका थिए । वि.सं. १८६३ बैशाख १५ गते काठमाडौंमा पृथ्विपाल सेनको षड्यन्त्रपूर्वक हत्या गरेपछि पाल्पा राज्य नेपालमा गाभिन पुग्यो । पाल्पा राज्य नेपालमा विलय भएपश्चात् भागेर अंग्रेजको शरणमा पुगेका भारदारहरू मध्ये रणदुल्ला सेनलाई अंग्रेजले पहिले पाल्पाले उपभोग गरेको तिलपुर प्रगन्नाको राजा बनाएका थिए ।

सन् १८५७ को सिपाही विद्रोहमा उनले विद्रोहीहरूलाई समर्थन गरेको कारण सन् १८५८ मा उनको राज्य खोसियो । यसरी भारतीय शहर निचलौलमा बुटवल राज्यको विधिवत अन्त्य हुन पुगेको थियो ।

पृथ्विपाल सेन राजा भएदेखि नै पाल्पाको अस्तित्व संकटमा पर्न थालेको थियो । उनको धेरै समय पाल्पा र काठमाडौं ओहोरदोहोरमै बितेको थियो । उनी यस दरबारमा बसे नबसेको प्रमाण भेटिँदैन तर सन् १८०० तिर अवधका नवावहरू बुटवलमा बस्न र शिकार खेल्न आउँदा तानसेनको राजाले पक्कै पनि यही दरबारमा उनीहरूलाई स्वागत–सत्कार गरेका हुनुपर्छ ।

कसरी नाशियो ?

पाल्पा राज्य नेपालमा गाभिएपछि शासकीय रूपमा बुटवलको दरबारको महत्व कमजोर भयो । तर पनि नेपाल र अंग्रेजबीच खटपट चलिरहेको बेलामा अमरसिंह थापाले भिमसेन थापा र ब्रिटिशसँग गरेको पत्राचारमा ‘मुकाम बुटवली’ भन्ने उल्लेख भएकाले उनी यही दरबारमा बसेको अनुमान गर्न सकिन्छ ।

युद्ध इतिहासका अध्येता निर्मल श्रेष्ठका अनुसार नेपाली सेनाले यो दरबारलाई कभर पोष्टको रूपमा प्रयोग गरेका थिए । बुटवल आक्रमण गर्न आएका अंग्रेज सेनाले वि.सं. १८७२ बैशाख ७ गते १८ पाउण्डको तोप प्रहार गरेर दरबारलाई छिन्नभिन्न पारेका थिए । दरबार भत्किएपछि लामो समयसम्म त्यसको पुनर्निर्माण र संरक्षण भएको देखिँदैन ।

भत्किएको दरबारले १८० वर्ष घाम–पानी खाईरह्यो । वि.सं. २०५१÷५२ मा भने पुरातत्व विभागले दरबारको बाँकी संरचनामा बज्रलेपन गर्ने र बाँकी पर्खाललाई जोगाउने काम गरेको छ । यो कामलाई हाल उद्यान व्यवस्थापन समितिले टेवा दिएको छ ।

कस्तो थियो होला राजाको दरबार ?

अहिले यो क्षेत्रमा सेनकालीन कला देखिने संरचना बाँकी छैनन् । त्यसैले यो दरबार पनि फलानो महल जस्तो थियो भन्ने आधार छैन ।

भग्नावशेष हेर्दा उत्तर र दक्षिणमा २÷२ वटा साना कोठा र बीचको भागमा २ वटा ठूला कोठा रहेको देखिन्छ । उत्तरतर्फको भित्तामा दुई तला भएकोले त्यो दरबार कम्तीमा पनि दुई तल्ले थियो भन्ने सहज अनुमान गर्न सकिन्छ ।

उत्तरको भित्तामा एउटा खोल्न मिल्ने झ्याल र अर्को झ्याल जस्तो खोपी रहेकोले भित्रको बनावट मुगलकालीन महलजस्तै थियो कि भन्ने अनुमान गर्न सकिन्छ । नवलपरासीको त्रिवेणी नजिकै शिबपुर घाटमा महादत्त सेनको पालाको अनुमानित दरबार र किल्ला छ र यसका धेरै भागहरू सुरक्षित छन् ।

शिबपुर घाटको दरबारको वास्तुकला र रंगमहलको भग्नावशेषको वास्तुकला मिल्दोजुल्दो भएकाले फूलबारीको दरबार पनि शिबपुर घाटकै महलजस्तो थियो कि भन्ने अनुमान गर्न सकिन्छ ।

प्रभु स्वामीनारायण बुटवल आउँदा बसेको घटनाको चित्रण गर्न उहाँका अनुयायीहरूले बनाएको चित्रमा भने महादत्त सेनको दरबार काठमाडौं उपत्यकामा रहेका मल्लकालीन दरबारजस्तै देखाइएको छ ।

शीतकालीन दरबार भएकोले दरबारमा शयनकक्ष, बैठककक्ष, प्रशासनिक कक्षाका साथै अन्य सहायक संरचना, बगैँचा पनि पक्कै थिए होलान् । पहाडी कलामा हुर्किएका र अवध तथा मुगलसँग सम्बन्ध रहेको कारण सेन राजाहरूको दरबार नेपाली र मुगल कलाको फ्युजन थियो कि भन्ने अनुमान गर्न सकिन्छ ।

कस्तो बनाउने दरबार ?

पुरातत्व विभागले फूलबारीमा रहेको दरबारको पुनर्निर्माण गर्दैछ । दरबारलाई सेनकालीन स्वरूपमा निर्माण गरियो भने मात्र यसको ऐतिहासिकता जोगिन सक्छ । त्यसैले दरबार बनाउन सुरु गर्नु अघि यसको प्राचीन स्वरूपको निक्र्यौल गर्नुपर्छ ।

समकालीन वास्तुकलाको अध्ययन, ऐतिहासिक दस्तावेजको अध्ययन, क्षेत्र भ्रमण र परम्परागत सिप भएकाहरूसँगको परामर्शमा दरबारको पुनर्निर्माण हुनुपर्छ ।

यो कार्यमा बुटवलका स्थानीय बासिन्दा, सम्पदा प्रेमी, इतिहासकार र पालिकाले सहयोग गर्नुपर्छ ।

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?