Butwal Today

मुग्लिन–नारायणगढ सडकमा सवारी सञ्चालन, पहिरोको जोखिम अझै यथावत

१७ आश्विन २०८२, शुक्रबार
अ+
अ-

चितवन, १७ असोज ।

पहिरोको जोखिमका कारण पटक–पटक अवरुद्ध हुँदै आएको मुग्लिन–नारायणगढ सडक खण्ड हाल सवारी सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

आज बिहान ८:३० बजे डिभिजनले सूचना जारी गर्दै सडक खुला भए पनि पहिरोको जोखिम अझै यथावत रहेकाले यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सडक सुपरभाइजर ईश्वर क्षेत्रीले यात्रु तथा चालकहरूलाई यात्रा गर्नु अघि सडकको अवस्था बुझी मात्र सुरक्षित रूपमा यात्रा गर्न अनुरोध गरेका छन् ।

डिभिजनले थप सम्भावित जोखिमलाई ध्यानमा राख्दै, सवारी साधन चालक र यात्रुहरूलाई आवश्यक सतर्कता तथा सावधानी अपनाउन आग्रह गरेको छ ।