© २०२३
बुटवल, १७ असोज ।
बाग्लुङको ताराखोला गाउँपालिका वडा नम्वर १ अन्तर्गत पर्ने गाईघाट झरना नजिकै जीप दुर्घटना भएको छ ।
ताराखोलाबाट गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेत जाँदै गरेको ग १ ज ६१०० नम्वरको जीप गाईघाट नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेतका २६ वर्षीय दिनेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । त्यस्तै दुर्घटनामा परी वडा नम्वर ५ सर्दाखेतका २४ वर्षीय मिलन परियार, ४३ वर्षीय बिरवल परियार घाइते भएका छन् । घाइते बिरवल परियारलाई थप उपचारका लागि पोखरा मणिपाल हस्पिटलमा रिफर गरिएको छ ।
जीप सडकबाट करिब २० मिटर तल खोलामा खसेको थियो। घाइतेको अहिले गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।