Butwal Today

आन्तरिक उडानको भाडादर सार्वजनिक,सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको

१७ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १७ असोज ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडपर्वका अवसरमा आन्तरिक उडानका लागि अधिकतम हवाई भाडादर सार्वजनिक गरेको छ । दशैं, तिहार र छठजस्ता मुख्य चाडको बेला हवाई टिकटको अत्यधिक माग र सीमित आपूर्तिका कारण अन्यायपूर्ण रूपमा भाडा बढ्न नदिन यस्तो कदम चालिएको हो ।

प्राधिकरणले नेपाल सरकारबाट स्वीकृत भाडा सीमा भन्दा बढी शुल्क लिन नपाइने स्पष्ट गर्दै, सबै वायु सेवा कम्पनीहरू र सरोकारवालालाई आवश्यक निर्देशन गरिसकेको जनाएको छ ।

यदि कसैले तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा कानूनी कारबाही गरिने चेतावनी पनि प्राधिकरणले दिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौं–सिमराको ३ हजार ९७८ रुपैयाँ छ ।

प्राधिकरणले दशैंको टीकाको दिन अर्थात् असोज १६ गते सार्वजनिक गरेको अधिकतम हवाई भाडादर यस्तो छ–

काठमाडौं–विराटनगर: ९ हजार ७८५ रुपैयाँ

काठमाडौं–भरतपुर: ४ हजार ६४३ रुपैयाँ

काठमाडौं–भद्रपुर :१२ हजार ११२ रुपैयाँ

काठमाडौं–जनकपुरमा : ५ हजार ४७० रुपैयाँ

काठमाडौं–पोखरा : ६ हजार ६३५ रुपैयाँ

काठमाडौं–नेपालगञ्ज : १३ हजार १०३ रुपैयाँ

काठमाडौं–धनगढी : १७ हजार ५७९ रुपैयाँ

काठमाडौं–सिमरा : ३ हजार ९७८ रुपैयाँ

काठमाडौं–भैरहवा : ८ हजार ४६१ रुपैयाँ

काठमाडौं–राजविराज  :८ हजार २१० रुपैयाँ

काठमाडौं–सुर्खेत : ९ हजार ३० रुपैयाँ

काठमाडौं–तुम्लिङटार : ७ हजार ६३० रुपैयाँ