ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

जेनजी आन्दोलनकारीहरुको माग: दलतन्त्र होइन, जनउत्तरदायी नेतृत्व चाहिन्छ

१६ आश्विन २०८२, बिहीबार
१६ आश्विन २०८२, बिहीबार

काठमान्डौ, १६ असोज ।

जेन–जी आन्दोलनमा संलग्न विभिन्न समूहमार्फत पुराना राजनीतिक दलका तेस्रो पुस्ताका नेताहरुलाई दलभित्रको रूपान्तरणमा सक्रिय भूमिका खेल्न आह्वान गरिएको छ ।

‘राजनैतिक दलका तेश्रो पुस्तालाई आह्वान गर्न चाहन्छौं, देशमा झल्किएको परिवर्तनको हुङ्कारलाई पार्टी भित्र पनि लैजानुस्’ उनीहरुले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘असल, इमानदार, नैतिकवान्, दयालु, पारदर्शी, जवाफदेही र जनताप्रति सहानुभूति भएका नेतृत्व, सबै राजनीतिक दलमा अपरिहार्य बनेको छ ।’

उनीहरूले सबै राजनीतिक दलमा इमानदार, नैतिकवान, पारदर्शी, जवाफदेही र जनमुखी नेतृत्वको खाँचो रहेको उल्लेख गर्दै, नेतृत्वको मूल्यांकन तथ्य, ज्ञान र क्षमताका आधारमा हुनुपर्नेमा जोड दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘अब नेताको परिभाषा बदलिनुपर्छ । नेतृत्व पद होइन, जिम्मेवारी हो ।’

विज्ञप्तिमा भनिएको छ कि राजनीतिक विद्रोह मात्रले राज्यसंयन्त्रमा गहिरो जरा गाडिसकेको भ्रष्टाचारको अन्त्य हुन सक्दैन । त्यसका लागि नागरिक समाज र जनताले राज्य संयन्त्रको कामकारवाहीमा सशक्त निगरानी गर्नु आवश्यक भएको उनीहरूको भनाइ छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, पूर्ण समानुपातिक समावेशीता र अर्थपूर्ण सहभागिताको अवधारणाप्रति प्रतिबद्धता जनाउँदै आन्दोलनकारी समूहले अहिलेको व्यवस्थाप्रति नभई यसका नेतृत्वकर्ताप्रति प्रश्न उठाएको स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो शंका राजनीतिक नेतृत्व, इच्छाशक्ति, दलीय नैतिकता, कार्यप्रणाली र दलतन्त्रप्रति हो । हामी वर्तमान राजनीतिक नेतृत्वलाई खबरदारी गर्न चाहन्छौं ।’

कतिपय नेताहरूले देश लुटेर अकूत सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै उनीहरूले तेस्रो पुस्तालाई नेतृत्वमाथि खबरदारी गर्न र लुटिएको सम्पत्ति फिर्ता गर्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाल विरुद्ध तत्काल पक्राउ गरी छानबिन प्रक्रिया अघि बढाउन माग गरिएको छ ।

आन्दोलनले वर्तमान सत्ता, नेतृत्व र राजनीतिक दलप्रति जनताको विश्वास गुमिएको स्पष्ट संकेत दिएको विज्ञप्तिमा उल्लेख छ । ‘यो आन्दोलन सरकार र दलप्रतिको गहिरो असन्तोषको चेतावनी हो,’ उनीहरूले भनेका छन्, ‘त्यसैले, आन्दोलनरत पक्ष र राज्यबीच अन्तरिम सरकारलाई वैधानिक रूपमा स्वीकृति दिँदै साझा समझदारीमा पुग्नु आवश्यक छ ।’

यसले जवाफदेही सरकार गठनको मार्गचित्र बनाउने र भविष्यको नेतृत्वलाई स्पष्ट दिशानिर्देश दिने भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

विज्ञप्ति इण्डिजिनियस जेन–जी कलेक्टिभ, जेन–जी मुभमेन्ट अलायन्स, हाउ टु देश विकास लगायतका १२ वटा समूहले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । उनीहरूले ३९ जिल्लाबाट आएका प्रतिनिधिसँग छलफल गरी संयुक्त अवधारणापत्रसहित विज्ञप्ति जारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?