ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

वन अधिकृत मिश्राको अवैध धन्दा, काठ सहितको ट्याक्टर समातियो

१५ आश्विन २०८२, बुधबार
१५ आश्विन २०८२, बुधबार

जितपुर, १५ असोज ।

कपिलवस्तुको बाणगंगा नगरपालिका २ पिपरा अन्तर्गत मायादेवी साझेदारी वनबाट अवैध काठ ओसारपसार भएको फेला परेको छ । दसैं विदाको अवसर छोपी सब–डिभिजन वन कार्यालय पिपराका प्रमुख मोहन मिश्राको संलग्नतामा काठ निकासी गरिएको स्थानीयवासीले आरोप लगाएका छन् ।

स्थानीयले अवैध गतिविधि देखेपछि घेरा हाल्दै प्रहरीले नियन्त्रणमा लिएको काठसहितको ट्याक्टर बुझाएका छन् । अष्टमीको दिन विहानै लु ३ त ६२९५ नम्बरको ट्याक्टरमार्फत ७ थान सालका गोलिया लैजाँदै गरेको अवस्थामा बरामद भएको हो । अन्य ७ गोलिया भने जंगलमै राखिएको बताइएको छ ।

गत आर्थिक वर्ष वैशाख महिनामा कटान गरिएका ती काठ जेष्ठ र असारमा संकलन गरी घाटगद्दीमा राखिएको भए पनि केही काठ जंगलमै छोडिएको थियो । तर दसैं विदामा चलानी तथा वन प्रवेश अनुमति विना दिन दहाडै निकासी गर्नु शंकास्पद भएको स्थानीयको आरोप छ ।

डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत मदन ढुंगानाले सो लटको काठ खोजतलास गर्न निर्देशन दिइएको भए पनि निकासी हुनेबारे आफूलाई जानकारी नआएको बताए । मिश्राले समेत चलानी विना काठ ल्याउनु गल्ती भएको स्वीकार गरेका छन् । कानुनअनुसार साउनदेखि कात्तिकसम्म कटान, संकलन तथा ढुवानी गर्न प्रतिबन्धित हुन्छ ।

इलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसीले नियन्त्रणमा लिइएको काठ आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने बताए । यसअघि २०८२ जेठ ८ गते पनि मिश्राकै संलग्नतामा १४ थान काठ गायब भएको स्रोतले दाबी गरेको छ ।

यता, मिश्रामाथि सामुदायिक तथा साझेदारी वनमार्फत आर्थिक लाभ लिने, कार्ययोजना स्वीकृत गराउने नाममा रकम उठाउने, टाचाँ नवीकरणमा घुस असुल्नेलगायत आरोपहरू पनि लाग्दै आएका छन् । समितिका पदाधिकारीका अनुसार उनले काठ कटानका समयमा समेत प्रति सेफ्टी रकम असुल्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?