ट्रेंडिंग:

>> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा

कीर्तिमानी जितसँगै सिरिज नेपालको पक्षमा, वेस्ट इन्डिज ८३ रनमा अलआउट

१४ आश्विन २०८२, मंगलवार
१४ आश्विन २०८२, मंगलवार

काठमाडौँ ।

वेस्ट इन्डिजमाथि लगातार दोस्रो जित हात पार्दै नेपालले तीन खेलको टी–२० आई सिरिज आफ्नो पक्षमा पारेको छ।

संयुक्त अरब इमिरेट्सको सारजहा क्रिकेट स्टेडियममा सोमबार भएको सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले कीर्तिमानसहित १ खेलअगावै सिरिज जितेको हो।

नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त टोलीसँग टी–२० आई सिरिज खेलेको हो।

पहिलो खेलमा १९ रनको जित निकालेको नेपालले वेस्ट इन्डिजमाथि लगातार कीर्तिमानी जित निकालेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७४ रनको विशाल लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अल आउट भयो।

तीन वर्षपछि क्रिकेटमा पुनरागमन गरेका मोहम्मद आदिल आलमले ४ विकेट लिए। आदिलले आफ्नो स्पेलमा मात्र २४ रन खर्चे। कुशल भुर्तेलले २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो।

त्यसअघि युएईको सारजाहस्थित क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रनको योगफल तयार पारेको थियो।

नेपाल एक समय ६.४ ओभरमा ३–४३ को अवस्थामा रहेको थियो। चौथो विकेटका लागि सन्दीप जोरा र आशिफ शेखले १ सय रनको साझेदारी गरेपछि नेपाल बलियो योगफलतर्फ उन्मुख भएको थियो। ३९ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका सन्दीप ६३ रन बनाउँदा क्याच आउट हुन पुगे।

नेपालका तर्फबाट पूर्ण टेस्ट टोलीविरुद्ध अर्धशतक पूरा गर्ने सन्दीप दोस्रो खेलाडी हुन्। सन्दीपले ३४ बलमा ३ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। राष्ट्रिय टोलीका लागि सन्दीपको यो तेस्रो अर्धशतक हो।

नेपालका लागि ओपनर कुशल भुर्तेल २ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कप्तान रोहित पौडेल ३ रन बनाउँदा बोल्ड आउट भए। कुशल मल्ल ३ रनमा रनआउट हुन पुगे।

गुल्सन झा ६ रनमा क्याच आउट भए।

आशिफ शेख ६८ रनमा अविजित रहे। आशिफले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गरे।

आशिफ शेखले ३४ बलमा ८ चौका सहयोगमा अर्धशतक पूरा गरेका थिए। पुर्ण टेष्ट टोलीविरुद्ध अर्धशतक पूरा गर्ने आशिफ पहिलो नेपाली खेलाडी हुन्।

मोहम्मद आदिल आलम ५ बलमा १ चौका र १ छक्का सहयोगमा ११ रन बनाउँदा एलबीडब्लु धरापमा परे।

वेस्ट इन्डिजका लागि अकिल हुसैन र काइल मेयर्सले समान २ विकेट लिए। जेडिया ब्लाडेसले १ विकेट आफ्नो नाममा गरे।

सिरिजको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?