ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

नेपालले वेस्ट इन्डिजलाई दियो १२३ रनको लक्ष्य

१४ आश्विन २०८२, मंगलवार
१४ आश्विन २०८२, मंगलवार

काठमाडौं : नेपालले वेस्ट इन्डिजलाई १२३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। युएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा अलआउट हुँदै १२२ रन बनाएको हो।

नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। उनले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरेका थिए।

पावरप्ले सकिँदा मा बिना विकेटको क्षति ३७ रन बनाएको नेपालले ६.६ ओभरमा नेपालले पहिलो विकेट गुमायो। नेपालका लागि पहिलो विकेटको रूपमा ओपनिङमा आएका कुशल मल्लको विकेट गुमाएको हो। मल्ल विकेटकिपरको हातमा क्याच भए। उनले २१ बलमा १ चौका सहित  १२ रन बनाउँदै पेभेलियन फर्किए।

नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले २६ रनमा जीवनदान पाएका थिए। ६.४ ओभरमा उनले ठूलो सट खेल्दा उनको क्याच मिस भयो। जेसन होल्डरको बलमा एलनले हातमै परेको बल समाउन सकेनन्। ९.५ ओभरमा उनले ३९ रन बनाउँदै स्लिपमा क्याच भए।

नेपालले ४१ रन बनाउँदा १ विकेट गुमाएको हो। ६० रन बनाउँदा नेपालले दोस्रो विकेटको रूपमा अर्का ओपनर कुशल भुर्तेलको विकेट गुमायो। ९.३ ओभरमा अकेल होसेनले कप्तान रोहित कुमार पौडेलको विकेटका लागि अपिल गरेका थिए। तर, त्यो बल आधिकारिक बल भएन र अम्पायरले ‘नो बल’को इसारा गरे। रोहित पौडेलले ७ रनमा जिवनदान पाए। पौडेलले ११.४ ओभरमा १६ रन बनाउँदा दोस्रो पटक जीवनदान पाए। गोरको बलमा कप्तान होसेनले क्याच मिस गरेका हुन्। २ पटक भाग्यशाली बनेका रोहित १२.२ ओभरमा १७ रन बनाउँदै विकेटकिपरको हातमा क्याच भए।

चौथो विकेटको रुपमा नेपालले गुल्सन झालाई रनआउटको रुपमा गुमायो। गुल्सनले १२ बलमा १० रन बनाए। आरिफ शेख ६ रनमा डिप थर्डमा क्याच भए। १६.१ ओभरमा १०० रन पूरा गर्यो। नेपालका लागि सन्दीप जोराले १६.१ ओभरमा होल्डरलाई छक्का प्रहार गर्दै नेपालका लागि १०० रन पूरा गरेका हुन्। १६.२ ओभरमा नेपालले छैटौं विकेट गुमायो । नेपालका लागि आदिल आलमको विकेट गएको हो। आदिलले ३ बलमा १ चौकासहित ६ रन बनाउँदै रन आउट भए।

१७.१ ओभरमा नेपालले सातौं विकेटको रुपमा सन्दीप जोराको विकेट गयो। उनले १५ बलमा १४ रन बनाउँदै क्याच भए। १८.४ मा सोमपाल कामीको रुपमा नेपालको आठौं विकेट गयो। उनी ४ बलमा ४ रन बनाउँदै एलबीडब्ल्यू आउट भए। १८.५ मा नेपालको नवौं विकेटको रुपमा करण केसी बोल्ड हुँदै डकआउट भए। नेपालको लागि अन्तिम विकेटको रुपमा १९.५ मा लोकेश बम ९ रनमा क्याच भए। साहब आलम शुन्यमा अविजित रहे।

वेष्टइन्डिजका लागि रामोन सिमोन्डले सर्वाधिक ४ विकेट लिए। जेडिआ वाल्डेजले २ विकेट लिँदा, कप्तान अकेल होसेन, जसन होल्डर१-१ विकेट लिए। नेपालले पहिलो खेलमा वेष्टइनिडजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गर्दै सिरिज २-० सहित जितिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?