© २०२३
बाँके, १३ असोज ।
बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१७ चौलिका चोकबाट दुई युवकलाई लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत, उत्तर प्रदेश पिलिभित जिल्लाको पुरनपुर थानामा बसोबास गर्ने २६ वर्षीय मोहम्मद नाजिम कुरेसी र रुकुम पश्चिम, खलङ्गा नगरपालिका–२ घर भएका २५ वर्षीय सुरेश खड्का रहेका छन् ।
उनीहरूलाई प्रहरी टोलीले विशेष सूचनाका आधारमा सोमबार दिउँसो चोक नजिकै चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो । सो क्रममा उनीहरूको साथबाट ४ ग्राम ८६० मिलिग्राम तौल भएको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।
बरामद गरिएको पदार्थ लागू औषध परीक्षणका लागि पठाइएको छ । यस्तै, पक्राउ परेका दुई जनाविरुद्ध लागू औषध सम्बन्धी ऐन, २०३३ बमोजिमको मुद्दा दर्ता गरी कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
लागू औषध ओसारपसार र सेवनका घटना बाँके क्षेत्रमा पछिल्लो समय बढ्दै गएको भन्दै प्रहरीले स्थानीयवासीलाई सचेत रहन पनि आग्रह गरेको छ ।