Butwal Today

नयाँ पार्टीको झन्डा नहुने २ कारण छन्: हर्क साम्पाङ

१३ आश्विन २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १३ असोज ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको ‘श्रम संस्कृति पार्टी’को आफ्नै झन्डा नहुने घोषणा गरेका छन् ।

साम्पाङले सोमबार सामाजिक सञ्जालमार्फत पार्टीको झन्डा नहुने दुई कारण स्पष्ट गरेका छन् । ‘हाम्रो पार्टीको झन्डा रहने छैन । कारण २ वटा छन् :,

१. कपडाको नाश गर्न चाहनौँ । गरिबले नाङ्गो आङ ढाक्न नसकेको बेला करोडौँको कपडा च्यातेर झन्डा बनाउनु हुन्न ।

२. आफ्नो पार्टीको झन्डा बोक्न थाले देशको राष्ट्रिय झन्डाको माया नलाग्दो रैछ। त्यसैले हाम्रो पार्टीको झन्डा हुने छैन ।’