Butwal Today

दशैं बिदामा पनि सरकारले भुक्तानी प्रक्रिया नरोक्ने

१३ आश्विन २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १३ असोज ।

सरकारले दशैं बिदामा समेत आवश्यक भुक्तानी प्रक्रिया अवरुद्ध नहुने व्यवस्था गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै दशैं बिदाका दिनमा समेत भुक्तानी सुनिश्चित गर्न निर्देशन दिएको हो ।

कार्यालयले राहत, उद्धार, क्षतिपूर्ति लगायत शीर्षकमा आकस्मिक रूपमा निकासा आवश्यक पर्न सक्ने भन्दै सम्बन्धित निकायबाट भुक्तानी आदेश प्राप्त भएमा तुरुन्त निकासा दिने गरी वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ ।