Butwal Today

दसैँका लागि २४ घण्टामा उपत्यकाबाट १ लाख ११ हजारभन्दा बढी यात्रु बाहिरिए

१३ आश्विन २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १३ असोज ।

दसैँ चाड नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट अत्यधिक सङ्ख्यामा यात्रु बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार असोज ११ गते बिहान ६ बजेदेखि १२ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उपत्यकाबाट १८ हजार ६१३ सवारी साधनमा १ लाख ११ हजार ६३९ यात्रु बाहिरिएका छन् ।

उही अवधिमा १३ हजार ९२९ सवारी साधनमार्फत ६१ हजार ८२२ यात्रु उपत्यका भित्रिएका छन् । घटस्थापनादेखि असोज ११ गतेसम्म २ लाख ६७ हजार ४४६ यात्रु ४५ हजार ४९३ बढी सवारी साधनमार्फत उपत्यका बाहिर गएका थिए ।

ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार आज बेलुकासम्मको विस्तृत विवरण भोलि मात्र उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?