© 2026
चितवन, १३ असोज ।
नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा खसेको पहिरो पन्छाउने कार्य सुरु भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो थप नखसेमा करिब तीनदेखि चार घण्टाभित्र सडक खुल्ने अनुमान गरिएको छ । अहिले कार्यालयका उपकरण र जनशक्ति परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ ।
आज मध्यान्ह १२ बजेदेखि सडक अवरुद्ध हुँदा दुबै दिशा तर्फको सवारी आवागमन पूर्णरूपमा ठप्प भएको हो । डिभिजन कार्यालयले यात्रुहरुलाई सकभर वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । त्यस्तै, बाटोमै रोकिएका सवारीसाधनलाई लेन अनुशासन पालना गर्न अनुरोध गरिएको छ ।