ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

संघीय सरकारको बजेट कटौतीले सर्वसाधारण मारमा

१३ आश्विन २०८२, सोमबार
१३ आश्विन २०८२, सोमबार

पाल्पा, १३ असोज ।

रिब्दीकोट गाउँपालिका–भैरवस्थानका वडाध्यक्ष सोमबहादुर कार्की संघीय सरकारको बजेट कटौतीका कारण अधुरा योजनाले गाउँलेलाई परेको मारबारे चिन्तित छन् । तीन वर्षअघि सुरु भएको जलवायु अनुकूल खानेपानी योजना अझै पनि अलपत्र छ । टंकी निर्माण अन्तिम चरणमा पुगे पनि पाइपलाइन र विद्युत जडान रोकिएको छ । विद्युत सामग्री चार वर्षअघि खरिद भए पनि प्रयोगमा नआउँदा बिग्रने खतरा बढेको उनले बताए ।

उनका अनुसार बाँकी काम सम्पन्न गर्न ४०–५० लाख रुपैयाँ आवश्यक छ । बजेट उपलब्ध भए “एक घर–एक धारा“ अभियान पूरा हुने थियो । तर, गत वर्षसम्म थोरै बजेट आए पनि यस वर्ष योजनै कटौती भएपछि सम्पूर्ण सामग्री अलपत्र परेको कार्कीको दुखेसो छ ।

खानेपानी कार्यालयका अनुसार पाल्पामा मात्रै २१ वटा साना–ठूला खानेपानी योजनाहरू बजेट नआएपछि अधुरा अवस्थामा रोकिएका छन् । तीमध्ये ७ वटा लिफ्ट र १४ वटा ग्राभिटी प्रणालीका योजना अलपत्र परेका छन् । अधिकांश टंकी बने पनि पानी र पाइपलाइन बिना खाली रहेका कारण घामले चर्किन थालेको स्थानीयले बताएका छन् ।

वगनासकाली गाउँपालिका–पोखराथोकमा समेत “एक घर–एक धारा“ अभियान अन्तर्गत माडी फाँटमा डिप बोरिङ र टंकी निर्माण भए पनि संघीय सरकारले बजेट कटौती गरेपछि योजना हराएको स्थानीय मोहनलाल गैरेले बताए । “पूरा गाउँलाई सुविधा पुग्ने योजना थियो, तर अब आवाज उठाउने ठाउँ पनि बाँकी छैन,“ उनले भने ।

स्थानीयको आरोप छ—विगतमा आवश्यकतालाई भन्दा दलका नेताको दबाब र पहुँचका आधारमा योजना छनोट हुने प्रथा बसेको छ । आवश्यकता नभएका ठाउँमा करोडौं बजेट जाने तर साँच्चिकै आवश्यक योजनाहरू कटौतीमा पर्ने प्रवृत्ति देखिएको उनीहरूको भनाइ छ ।

चिर्तुङधाराका प्रतिनिधि शेरबहादुर चिदी भन्छन्—“यस वर्ष हाम्रो गाउँको खानेपानी योजना ठप्प छ । पहुँच हुनेले मात्र बजेट ल्याउने अभ्यासले आम जनता पीडामा परेका छन् ।” त्यस्तै, तिनाउ गाउँपालिकाका लालबहादुर दर्लामीका अनुसार चार वर्षअघि बनेका टंकी पाइपलाइन नजडान हुँदा खण्डहर बन्न थालेका छन् ।

१० हजारभन्दा बढी जनतालाई प्रभावित गर्ने यी योजनामा निर्वाचित सांसदहरू समेत मौन बसेको स्थानीयको गुनासो छ । खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख गुणनिधि पोखरेलले पनि बजेट अभावका कारण योजना पूर्णता पाउन नसकेको स्वीकार गर्दै, संघीय सरकारसँग समन्वय गरी समाधान खोज्ने आश्वासन दिएका छन् ।

सत्ता र शक्तिको आडमा सुविधा पाउनेहरू योजनाबाट लाभान्वित भए पनि आवाजविहीन सर्वसाधारण भने वर्षौंदेखि खानेपानी अभावको मार खेप्न बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?