ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

दुईपटकको टी–२० विश्वविजेता वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

१२ आश्विन २०८२, आइतबार
१२ आश्विन २०८२, आइतबार

बुटवल, १२ असोज ।

दुई पटक (सन् २०१२ र २०१६)को टी–२० आई विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक जित दर्ता गरेको छ।

क्रिकेट टोलीले नेपाली क्रिकेट इतिहासमा पहिलोपटक फुल टेस्ट टोलीसँग खेलेको हो।

पहिलो खेलमा जित हात पारेसँगै नेपालले ऐतिहासिक तीन खेलको टी–२० आई सिरिजमा १–० ले अग्रता बनाएको हो। नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए। नन्दन यादव, ललित राजवंशी, रोहित पौडेल र करण केसीले समान एक विकेट आफ्नो नाममा गरे।

वेस्ट इन्डिजका लागि नभिन विदाइसीले बनाएको २२ रन नै सर्वाधिक रह्यो। उनी कुशल भुर्तेलको बलमा आउट भए। त्यसअघि १५औँ ओभरको पहिलो बलमा कुशल भुर्तेलकै बलमा जासोन होल्डर कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भए।

कप्तान रोहित पौडेलले आठौँ ओभरको चौथो बलमा जेवेल एन्ड्रयुलाई ५ रनमा सन्दीप जोराको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।

नन्दन यादवले पाचौँ ओभरको पाचौँ बलमा अकिम अगस्तेलाई १५ रनमा दिपेन्द्र सिहं ऐरिको हातबाट क्याच आउट गराउँदै विकेट लिएका हुन्। दोस्रो ओभरको दोस्रो बलमा ओपनर केली मेयर्स ५ रनमा रन आउट भए।

त्यसअघि युएईस्थित शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रनको योगदान दिए। उनले ३५ बलमा ३ चौका र १ छक्का सहयोगमा ३८ रन बनाउँदा नविन विडाइसेको बलमा क्याच आउट हुन पुगे।

२१ बलमा २ चौका र २ छक्का प्रहार गरेका कुशल मल्ल ३० रन बनाउँदा लामो सट खेल्ने धुनमा क्याच आउट नै हुन पुगे। नेपाली टोली एक समय ३.१ ओभरमा २–१२ को स्थितीमा हुँदा कुशल र रोहितले नेपालको पारी सम्हालेका थिए।

१६ बलमा २ छक्का सहयोगमा २२ रन बनाएका गुल्सन झा पनि क्याच आउट नै भए। ओपनर कुशल भुर्तेल ६ र आशिफ शेख ३ रनमा पेभेलियन फर्के।

दीपेन्द्र सिंह ऐरी १७ रन बनाउँदा क्याच आउट नै भए। सन्दीप जोरा ९ र करण केसी शून्य रनमा आउट भए।

नेपाली टोलीले १९औँ ओभरमा लगातार तीन विकेट गुमाउन पुग्यो। टोलीले १९औँ ओभरको  तेस्रो बलमा दिपेन्द्रलाई, पाचौँ बलमा सन्दीप र अन्तिम बलमा करणलाई गुमाउन पुग्यो। सोमपाल कामी ६ नन्दन यादव ७ रनमा अविजित रहे।

वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए। नविनले ३ विकेट झारे। उनले आफ्नो स्पेलमा २९ रन दिए। अकिल होसेनले एक विकेट आफ्नो नाममा गरे।
सिरिजको दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?