© २०२३
सल्यान, १२ असोज ।
सल्यानको कपुरकोटमा गाडी दुर्घटना हुँदा तीनजनाको घटनास्थल मै मृत्यु भएको छ भने थप दुइजना गम्भीर घाइते रहेका छन् । आइतबार विहान करिव ४ बजेतिर राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका वडा नम्बर ३ स्थित चोरखोला नजिकै फोर्स गाडी दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर रुकुम पश्चिम बाँफीकोट गाउँपालिका ५ का २७ बर्षिय प्रकाश केसी, ६८ बर्षिय पवी केसी र २७ बर्षिय शसिधर केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए ।
रुकुम पश्चिम देखि दाङ तर्फ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते दुई जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हुनेमा रुकुम पश्चिम बाँफीकोट गाउँपालिका ५ कै ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया विना केसी रहेका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय लुहाममा उक्त फोर्स गाडीले ३ पुरुष र २ महिला गरी जम्मा ५ जना सवार रहेको भनी इन्ट्री गरेको थियो । गाडी सडकबाट ३/४ सय मिटर तल खसेको छ ।