© २०२३
काठमाडौं, १२ असोज ।
सागर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको साधारण सेयर (आईपीओ) आइतबार बाँडफाँट गरिएको छ ।
कम्पनीले ३० भदौदेखि ९ असोजसम्म कुल ११ लाख ९० हजार कित्ता सेयर बिक्रीका लागि निष्कासन गरेको थियो । प्रतिकित्ता रु १०० अंकित मूल्यमा सार्वजनिक गरिएको यस सेयरमा कुल २२ लाख २७ हजार ५०३ आवेदकले २ करोड ४२ लाख ८० हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार तीमध्ये २१ लाख ९३ हजार ८२३ आवेदन वैध ठहरिएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द गरिएका छन् ।
आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो । बाँडफाँट अनुसार १ लाख १९ हजार ६४ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । बाँडफाँटको नतिजा सीडीएससीको आईपीओ रिजल्ट वेबसाइटमा हेर्न सकिनेछ ।