© २०२३
काठमाडौँ ।
राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार तथा छठलगायतका सार्वजनिक बिदामा पनि आफ्ना कार्यालयहरू खुला रहने जनाएको छ ।
आयोगले सार्वजनिक बिदाका दिन बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म उजुरी दर्ता गर्न तथा आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न कार्यालय सञ्चालन हुने जानकारी दिएको हो ।
यस अन्तर्गत आयोगको केन्द्रीय कार्यालय हरिहर भवन, ललितपुरसहित सबै प्रदेश र शाखा कार्यालयहरू खुला रहने व्यवस्था मिलाइएको छ ।
मानव अधिकार उल्लङ्घनका घटना भएमा नजिकको कार्यालयमा तत्काल जानकारी दिन आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ ।
चाडपर्वका समयमा सार्वजनिक आवतजावतमा कठिनाइ, आपराधिक क्रियाकलाप, महँगी र कालोबजारी बढ्ने सम्भावना रहने भएकाले शान्ति–सुरक्षा तथा सेवा प्रवाहलाई चुस्त बनाउनेतर्फ सरकारले आवश्यक कदम चाल्नुपर्ने आयोगको भनाइ छ ।
आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलले शान्ति–सुरक्षालाई मजबुत बनाउन तथा सेवा प्रवाह सहज बनाउन सबै सरोकारवालालाई सहकार्य गर्न विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।