Butwal Today

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

१२ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, १२ असोज ।

सुनचाँदीको मूल्य नयाँ कीर्तिमानसहित उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर दुई लाख २३ हजार दुई सय रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबार सुन तोलाको दुई लाख २२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । हालसम्मको उच्च मूल्य भने गत बुधबार तोलाको दुई लाख २३ हजार रुपैयाँ नाघ्दा कायम भएको थियो, जसलाई आज फेरि तोड्दै नयाँ रेकर्ड बनेको हो ।

सुनसँगै चाँदीको मूल्य पनि ऐतिहासिक उचाइमा पुगेको छ । आज चाँदी तोलामा दुई हजार आठ सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो ।