© २०२३
काठमाडौँ ।
अन्तरिम सरकारका प्रमुख दुई मन्त्री भारत र अमेरिका भ्रमणमा जाने भएका छन्।
अर्थसचिव रामेश्वर खनाल अमेरिका र ऊर्जामन्त्री कुलमान घिसिङ भारत भ्रमणमा जान लागेका हुन्।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ बैठकमा भाग लिनका लागि मन्त्री कुलमान घिसिङलाई स्वीकृति दिएको छ।
असोज ९ गते बसेको बैठकले संयुक्त राज्य अमेरिकामा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल र अर्थ सचिव घनश्याम उपाध्यायको भ्रमण स्वीकृत गरेको थियो।