ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

रोगको असरले पनि हुन सक्छः श्रीमान्–श्रीमतीमा खटपट अनि सम्बन्ध विच्छेद

१२ आश्विन २०८२, आइतबार
१२ आश्विन २०८२, आइतबार

पाल्पा, १२ असोज । 

रिब्दीकोट गाउँपालिका कुसुम खोलाकी कमला खनाल उमेरका हिसाबले ४० वर्ष पुरा गरिन् । शरीर आवश्यक भन्दा तातो हुने, छिटो छिटो रिसाउने जस्ता समस्या भएको उनलाई ४ वर्ष भयो । यो समस्याले श्रीमान् श्रीमती बिचको सम्बन्धमा खटपट पनि भयो ।

अन्ततः बुटवलको एक क्लिनीका मनोचिकित्सकको चेकजाँचमा रजोनिर्वत्ति भएको दम्पतीलाई थाहा भयो । बगनासकाली गाउँपालिकाको चाप पानीकी विमला गैरे पनि ४० वर्षको उमेर पार गरिन् । दुई सन्तानकी आमा बनेकी गैरेलाई मधुमेहले चापेको छ ।

चेकजाँचपछि युनाइटेड मिसन अस्पताल तानसेनका चिकित्सकले उनलाई नियमित रूपमा औषधि सेवन गर्न सुझाएका छन् । नियमित रूपमा घरायसी काम धन्दासँगै दुई वर्ष र ६ वर्षका बच्चाको लालन पालन जिम्मेवारी उनको काँधमा थियो ।

रोगले पारेको परिवर्तनले अन्ततः श्रीमान् सँगको सम्बन्धमा खटपट पैदा भयो । रामपुर नगरका ५२ वर्षीय राजु खनाल उच्च रक्तचाप र मधुमेहले ग्रसित भएका कारण नियमित रूपमा औषधि सेवन गर्ने समूह भित्र पर्छन् ।

उनकी श्रीमती सँग खटपट सुरु भएको सात वर्ष पुरा भयो । श्रीमान् श्रीमती बिच यौन सम्बन्धका कारण खटपट सुरु भएको उनले सुनाए । श्रीमतीको यौन इच्छालाई आफूले उच्च रक्तचाप र मधुमेहका कारण पुरा गर्न नसकेको र आफू अनिच्छुक भएका कारण सम्बन्धमा खटपट भएको उनले बताए ।

पछिल्लो समयमा नसर्ने रोग भित्र पर्ने उच्च रक्तचाप र मधुमेहका कारण परिवारमा समेत विखण्डन सुरु भएको छ । शारीरिक भन्दा मानसिकका कारण यौन दुर्बलताको समस्या बढ्दै गएको छ ।

पूर्व खोला गाउँपालिकाको विरकोटका ५४ वर्षीय खुम बहादुर राना वैदेशिक रोजगार बाट फर्किएका व्यक्ती हुन् । विदेशमा हुँदा मधुमेहले नराम्रो सँग च्याप्यो घर फर्किएका खुम बहादुरले रामपुर अस्पतालका डाक्टरको सल्लाहमा नियमित औषधी सेवन गरे पनि यौन दुर्बलता बढ्दै गयो ।

श्रीमती यौनका कारण अन्यत्र विवाह गर्न बाध्य भएको उनले सुनाए । आफ्नो अनुभव र बुझाइमा दिर्घरोगीहरूमा यौन दुर्बलता देखाउँदो रहेछ । माथागढी गाउँपालिका झडेवाकी ४० वर्षीय कल्पना सारू मधुमेहको नियमित रूपमा औषधि सेवन गर्ने महिला भित्र पर्दछिन् ।

१० वर्षदेखि स्वास्थ्य संस्थाबाट औषधी सेवन गरेकी कल्पनासँग आठ र पाँच वर्षका छोराछोरी छन् । मधुमेहले च्यापेका कारण आफूमा यौन इच्छामा कमी हुँदै गएको श्रीमानको यौन इच्छा पुरा गर्न आफू असक्षम भएको अभियोगमा श्रीमानको काख खोसिएको उनी बताउँछिन् ।

दिर्घरोगका कारण परिवारमा समस्या त सम्बन्ध विच्छेद सम्म पुग्ने गरेको छ । जिल्ला अदालतमा सम्बन्ध विच्छेद हुनुमा दिर्घरोग पनि समस्या भएको अदालतका कर्मचारी बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टुक प्रसाद पोखरेल भन्दछन् पछिल्लो समयमा यहाँ सर्ने भन्दा नसर्ने प्रकृतिको मधुमेह र उच्च रक्तचापको डर लाग्दो समस्या बढिरहेको छ ।

मधुमेहको परिक्षणको क्रममा तानसेन नगरमा ७९।४ प्रतिशत, पूर्व खोलामा ७९.३ प्रतिशत, निस्दी गाउँपालिकामा ७७.९ तिनाउमा ७७.१ , रिब्दीकोटमा ७४.३ रामपुर नगरमा ७३.८ माथागढी गाउँपालिकामा ७१.२ प्रतिशत मधुमेहका रोगी भेटिएको उनले बताए । भयावह रूपमा उच्च रक्तचापको समस्या पनि देखा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?