ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

दसैँ नजिकिँदै गर्दा सरसफाइ अभियान 

१२ आश्विन २०८२, आइतबार
१२ आश्विन २०८२, आइतबार

जितपुर, १२ असोज ।
चाडपर्व आउँदा सरसफाइ गर्ने चलन नयाँ भने होइन । खास गरी नेपालीहरूको महान् चाड विजया दशमी नजिकिँदै आउँदा गाउँलेहरूलाई सरसफाइको चटारो नै हुन्छ । सरसफाइ सँगै बाटोघाटो स्तरोन्नति गर्ने, खाल्डा खुल्डी पुर्ने जस्ता कामहरू पनि हुन्छन् ।

यस क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिकाभित्रका विभिन्न टोल, वडागत संस्थाहरू र युवा क्लबहरूले गाउँ टोल सरसफाइ अभियानलाई तीव्रता दिएका छन् । नेपालीहरूको महान् चाड विजयादशमी नजिकिँदै गर्दा गाउँघरमा सरसफाइ गर्ने चलन पुरानै भए पनि पछिल्लो समयमा यसले सामुदायिक अभियानकै रूप लिएको छ ।

दसैँमा घर–आँगन मात्र नभई बाटो, घाँटो, सार्वजनिक स्थल, मन्दिर र बजार क्षेत्र समेत चकाचक बनाउन गाउँलेहरू जुटेका छन् । यसै क्रममा बाणगंगा नगरपालिका वडा नं. ८ अन्तर्गत पुलचोक टोल विकास संस्थाले गाउँ टोल सरसफाइ अभियान सञ्चालन गरेको छ ।

संस्थाले सरसफाइसहित बाटो, नाली सफा गर्ने, खाल्डाखुल्डी पुर्ने काम गरेर गाउँलाई आकर्षक बनाएको छ । स्थानीयवासीको अनुसार यस अभियानपछि टोल पुरै चिरिच्याट देखिएको छ । त्यस्तै, बाणगंगा वडा नं. ७ को मोतिपुर प्रगतिशील युवा क्लबले मोतिपुर बजार टोल र गनसहवा टोलमा सरसफाइ अभियान सञ्चालन गरेको छ ।

क्लबका अध्यक्ष शङ्कर न्यौपानेका अनुसार क्लबले एक सातासम्म निरन्तर सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको छ ।

यस्तै, बाणगंगा वडा नं. १ अन्तर्गत दुर्गा मन्दिर व्यवस्थापन समिति तथा बैरीया युवा समाजले संयुक्त रूपमा मन्दिर वरपर र आसपासको क्षेत्र सफा गरेका छन् । मन्दिर वरपरको सरसफाइले चाडपर्वमा आउने भक्तजनलाई सहज हुने अपेक्षा गरिएको छ ।

यसै गरी, वडा नं. २ मा वडा अध्यक्ष विष्णु प्रसाद पौडेलको पहलमा विभिन्न वन उपभोक्ता समूहका अध्यक्ष र स्थानीयको सक्रियतामा सरसफाइ सम्पन्न गरिएको छ । वडा अध्यक्ष पौडेलले सरसफाइ अभियान निरन्तरता दिन सबैलाई आग्रह गरेका छन् ।

स्थानीय बासीका अनुसार चाडपर्वमा सफा वातावरणले खुसी र उत्साह थप गर्छ भने स्वास्थ्यसमेत जोगिन्छ । सरसफाइ अभियानले गाउँमा एकता र सहकार्यको भावना बढाएको छ । चाडपर्वलाई स्वागत गर्न गरिएको यो अभियानले वातावरण संरक्षण र सामाजिक सद्भाव दुवैलाई सुदृढ बनाएको सरोकारवालाहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?