© २०२३
यतिखेर नेपालीहरूको घर दैलोमा दसैँको चहलपहल बढिरहेको छ । हिन्दु धर्म मान्नेहरूका निम्ति वर्ष भरी आउने चाडहरू मध्येको बडादसैँ सबैभन्दा ठुलो चाडमा पर्दछ । दसैँलाई मिलनको पर्व भनेर पनि चिन्ने गरिन्छ ।
काम विषयले टाढा–टाढा छरिएर रहेका वा रोजगारीको सिलसिलामा प्रदेसिएकाहरूले घर फर्किने दिनका रूपमा पनि यो पर्वलाई लिने गर्छन् । मान्यजनको हातबाट निधारमा टिका र कानमा जमरा लगाएर उनीहरूसँग आशिर्वाद थापेर, मिठा मिठा परिकार खाएर चाड मनाउने हुँंदा पनि दशैंको महत्व अरू धेरै रहेको छ ।
बिशेषतः चाड मनाउने बहानामा घरमा फर्केर आउने आफन्त र परिवारजनको भेट हुने हुँंदा पनि यो मिलनको पर्वमा दर्ज भएको मान्न सकिन्छ । कुनैपनि चाडले समाजमा वा परिवारमा छुट्टै रौनकता ल्याउने गर्छ र यतिखेर बडादशैंको नवदूर्गा चल्दै गर्दा र धार्मिक तथा सांँस्कृतिक क्षेत्रमा चहलपहल बढ्दै गर्दा सबैमा उमंग छाएको छ ।
यो भनिरहँदा कतिको घरमा यो वर्ष आफन्त गुमाएका कारण र प्रदेशिएका आफन्त घरमा नआउँदा अरू सुनसान छाएको हुन सक्छ र यो हुनुपनि स्वाभाविक छ । त्यति मात्रै होइन आफन्तको यादले अरू सताएको हुन सक्छ । समग्रमा बहुसङ्ख्यकको कुरा गर्दा यतिखेर दशैंले घरघरमा खुसियाली छाएको छ ।
२०८२ को दशैं नजिकिँदै गर्दा कैयौंको घर र मुलुक नै शोकमग्न अवस्थामा गएको छ । प्रजातन्त्र प्राप्ति पछि तिन दशक लामो समय सत्तामा बसेका नेताहरूबाट मुलुकले कांचुली फेर्न सकेन । सत्ता फेरियो अवस्था बदलिएन ।
मुलुक झनभन्दा झन भ्रष्टाचारको दलदलमा फस्दै गयो, निम्न बर्गका सर्बसाधारण्भने सधै गरिबी, अभाव र अन्यायमा पर्दै गए । जसको फलस्वरूप आक्रोसमा पुगेको जेनजी पुस्ताले बिरोधसभाको घोषणा गर्यो । यो सभा दबाउन सरकार पक्षले गोली चलाउन आदेश दियो ।
सरकार पक्षका पुलिस फोर्सको गोली लागी यही भदौ २३ र २४ गते करिब ६ दर्जनले ज्यान गुमाए भने दर्जनौं घाइते अवस्थामा अस्पतालमा छटपटाइ रहेका छन् । कति घाइतेले हात खुट्टा अनि आँखा गुमाउनु परेको छ । कति त अहिलेपनि होसमा आएका छैनन् ।
त्यसैले अरू बेला जस्तो यतिखेर देश बिदेश कहीं पनि बस्ने नेपालीमा दशैँको रौनक आएको छैन । सामाजिक संजालमा देखिएको पिडादायी घटनाले आँखा रसाउने काम मात्र भएको छ । हिमाल तथा पहाडका गाउँंमा परापूर्वकालदेखि कोटका नाममा रहेको दुर्गा मन्दिरमा घटस्थापनाका दिनदेखि पूजा शुरु भएको छ ।
दियो कलश तथा गणेशको स्थापना गरी पशु वलि दिनको लागी मार हान्ने हतियार खुँंडा र तरवार समेतको पूजा गरिन्छ । यसका साथै नवदुर्गा भगवतिको पूजाको प्रारम्भ हुन्छ । प्रत्येक दुर्गा मन्दिरमा प्रत्येक दिन फरक फरक देवीको पूजा हुने गर्छ ।
देवीका नौ रूपको उनको शक्तीपिठहरूमा पूजा गर्न नवदुर्गाभरी भिड लाग्ने गर्दछ । नेपालका चर्चित शक्ती पीठहरूमध्ये डडेलधुराको शैलेश्वरी देवी, अर्घाखाँंचीको सुपादेउराली, ताप्लेजुडको पाथिभरा, काठमाण्डौमा दक्षिणकाली, भद्रकाली, मैतिदेवी, काभे्रको चण्डेश्वरी, नवलपुरको मौलाकाली र गोरखाको मनकामना जस्ता देवीका मन्दिरमा यतिखेर दर्शन गर्नेको खचाखच भीड लागेको देख्न सकिन्छ ।
शक्तिकी देवी भनेर चिनिने नवदुर्गा भगवतीको नवदुर्गाभरी ब्रत बसेर पूजा अर्चना गर्ने र देवीसंग मनको इच्छा पूरा होस भनेर कामना गर्ने गरिन्छ । जसमा मनोकांक्षा पूरा हुनेमा बिश्वास गर्नेको जमात ठुलो रहेको छ । प्रायः तराईका शहर बजारमा भारतदेखि महंगोमा दुर्गाको मुर्ति ल्याएर खाली जग्गामा स्थापना गरी नवदूर्गाभरी पूजा गर्ने चलन रहेको छ । यस्ता मुर्तिलाई नवरात्र पछि बाजागाजा सहित नदीनालामा लगेर बिसर्जन गरि सेलाउने गरिन्छ ।
नवदुर्गा भरी शक्तीको रूपमा रहेका फरक फरक रूपका देवीको अलग अलग तरिकाले पूजा हुने वा गर्ने गरिन्छ । पहिलो दिन माँं शैलपुत्रीको, दोस्रो दिन मांँ ब्रह्मचारीणीको, तेस्रो दिन मांँ चन्द्राघण्टाको, चौथो दिन माँं कुष्माण्डाको, पांँचौ दिन माँं स्कन्दमाताको, छैठौंँ दिन माँं कात्यायिनीको, सातौं दिन माँं कालरात्रीको, आठौं दिन माँं महागौरीको र नवौं दिनमांँ सिद्धीदात्रीको पूजा गरिन्छ ।
यी देवीहरूले फरक फरक पाटोमा मनोइच्छा पूरा गरिदिन्छिन भन्ने जनविश्वास रहेको छ । करिब दुई बर्षदेखि मुलुक आर्थिक मन्दीको चपेटामा परेकोे छ । देशमा उद्योग धन्दा तथा ब्यापार ब्यवसाय खासै चल्न सकेका छैनन, चले पनि बजारीकरण हुन सकेको छैन ।
ऋण धन गरेर ब्यापार ब्यवसाय गरेकाहरू पुर्पुरोमा हात लाएर बस्ने भएका छन । घर भाडा तिर्न नसकि खाली गरेर भाग्नेको संख्या बढिरहेको छ । बैंक धितो गरेर कारोवार गरेकाहरू ब्यवहार मिलाउन नसकि आत्महत्याको बाटो रोजीरहेका छन ।
बिकल्पको बाटोमा साउदी कतार रोज्नेहरूलाई यतिखेर भिसा दिन रोकिएको छ । जेनजी आन्दोलनको मौका छोपी हजारौं कैदीहरू जेल तोडेर फरार भएका छन् । केही कैदीले गएर पुन घटना घटाइसके । आफ्नो देशको सुरक्षाको खातिर पनि केही देशहरूले रोजगार भिसा दिन बन्द गरिरहेका छन ।
अबस्था झनभन्दा झन बिग्रींदै गएको छ । सधै जस्तै यतिखेर चाड पर्वहरूले घेरेका छन । अस्ति भर्खर केही ऋण बोकाएर हरितालीका तिज सकिएको छ । यतिखेर दशैं धेरैको दशा बनेर खडा भएको छ । यस्ता चाडपर्व हुने खानेका निम्ति मित्र हुन्छन भने नहुनेका निम्ति शत्रु भएर आएका छन ।
हुन त यतिखेर हुने खाने पनि आर्थिक मन्दीकै चपेटामा परेका छन् । यतिबेला चाड पर्व नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छा बाउको अनुहार भएका छन् । चाड नमनाउँ किन कसो भन्ने प्रश्न आउँछ मनाउँ भने साँंझ बिहानको छाक टार्न मुस्किल परेको अवस्था छ । दशैंको खर्च कसरी जोहो गर्ने भनि धेरैलाई बडो तनावमा पारेको अवस्था छ ।
जेनजी आन्दोलनको बेलामा कतिपय बेघरबार भएका छन् । हो उनीहरूमध्ये केहीका कतै तोडफोड भएपनि कतै बचेको होला चाड मनाउन भैहाल्यो । कुनै हल्लैहल्लाको लहरमा बास्तविक पिडीत बनेका छन भने कोहि आफन्त कहां वा सुरक्षा घेरामा शरण लिइरहेका छन ।
उनीहरूका निम्ति २०८२ को दशैं तिहार छठ कुनैपनि आएनन् भन्दा हुन्छ । चाडपर्व मनाउँदा भडकिलो गरेर मनाउनु पर्छ भनेर कहीं लेखेको छैन । त्यसैले हामी आफैमा संयम हुन जरुरी छ । भनिन्छ– घाँटी छामेर हाड निल्नुपर्छ । त्यसैले हामीले नै बिचार पु¥याउन सकेनौं भने जहाँ पनि अप्ठयारो पर्न सक्छ ।
अरूले के गर्छन् वा छिमेकीले के ग¥यो भनेर पछि लाग्नु भन्दा आफ्नो हैसियत के छ त्यसै अनुसार चल्नुपर्छ । यो दशैं मात्र नभएर हाम्रो अगाडी दिपावली तिहार, छठ पनि नजिकै आइसकेको छ । यी सबै चाडलाई थेग्न सक्ने हैसियत हामीले राख्न सक्नुपर्छ । भनिन्छ– आए चाड ढोलक बजाइ गए चाड ऋण बोकाइ ।
यो अवस्था हामीले ल्याउनु हुँदैन । यो भनिरहँदा नखाइ नलगाई बसौं भनेको पनि होइन, हाम्रो आफ्नो गच्छे अनुसार खर्च ब्यवस्थापन गर्नुपर्छ भन्ने हो । आफ्नो हैसियतले भेटे मात्र डुल्न घुम्न जाउँ अनि नयाँं नयाँं लुगा किनौं । प्रत्येक दिन जस्तो मासु खाउंँ । बली दिने नाममा खसी र बोका काटेर खाउँं भनेर सकिंदैन भने जथाभावी ऋण नखोजौं ।
सादा जीवन उच्च बिचार राखेर अगाडि बढौं । हामी नेपालीको बानी आफ्नो देशको उत्पादन कुनै मन नपर्ने अनि देशी भन्दा बिदेशी सामान चाहिने, ऋण गरेर भएपनि महंगा सामान किन्नुपर्ने प्रत्येक मानिसका पार्टी भोजमा नयाँ नयाँ लुगा र जुत्ता चप्पल लगाउनु पर्ने, हैसियत भन्दा देखासिकी बढी गर्नुपर्ने जसका कारण ऋणमा डुब्ने र आफन्त कहां ऋण माग्ने अनि तिर्न नसकि लुकेर हिँडने र आफन्तसँगको नाता सम्बन्ध तोडने जस्ता क्रियाकलाप चलीरहेका छन् ।
ऋणको तनावमा परेर बिरामी पर्नुभन्दा पुरानो लुगा लगाउनु राम्रो हुन्छ । सादा जीवन जीउने गरे आनन्द मिल्छ भनेर बुझन जरुरी छ । हामीले हाम्रा साना बालबच्चालाई आफ्नो हैसियत अनुसार चल्न सिकायौ भने त्यही बानीपर्छ ।
भोलीका दिनमा उनीहरूलाई सजिलो गरी जीवन जिउन मद्दत मिल्छ । कुमालेको कांँचो माटो जस्ता साना बालबालिकाहरूले हामीले जे ग¥र्यौं त्यही सिक्दै जान्छन । यसैले अहिले हामीले उनीहरूलाई गाली गरेर होइन कि फकाएर, माया गरेर, सम्झाएर उनीहरूको माग हाम्रो गच्छे अनुसार पूरा गर्दिनुपर्छ ।
अन्तमा बडादशैंमा नवदुर्गा भगवतिले हामी सबैको रक्षा गरुन । दशैं जस्तै कुनैपनि चाडहरू भडकिलो नबनुन् । बिपन्न र सम्पन्न सबैले मनाउन सक्ने र सबैको सहज बनेर चाडहरू मनाउने बातावरण बनोस् । आफ्नो छरछिमेकीलाई हानी नोक्सानी नपुग्ने गरी भडकिलो नबनाई पर्व मनाउँं ।
जांँड रक्सी खाएर मातेर फोहर शब्द बोलेर कसैलाई हानी नपु¥याउँं । हामी सबैले सभ्य समाज निर्माण गर्नेतिर सोचौँ । बर्षको एक दिन मान्यजनको आशिर्वाद लिने मात्र होइन कि मनैदेखि आशिर्वाद दिने बातावरण आफुले बनाएका छौंँ किनौँ । भन्नेतिर पनि सबैले मनन् गरौं ।
बृद्ध बाबुआमाको सँधै स्याहार सुसार र सम्मान गरौंँ । आफन्तमा कोही कसैलाई समस्या पर्छ भने निस्वार्थ भावले सहयोग पु¥याउँं । कसैलाई शारीरिक वा आर्थिकरूपमा कमजोर छ भनेर हेलाहोंँचो नगरौंँ । फेरी पनि सबैलाई २०८२ को बडादशैंको मंगलमय शुभकामना र आउँदा दिनहरूमा सबैलाई सुख र खुसी मिलिरहोस ।