ट्रेंडिंग:

>> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला

‘रेबिजविरुद्धको सचेतना अभियानमा जोडियौँ’ 

१२ आश्विन २०८२, आइतबार
१२ आश्विन २०८२, आइतबार

‘रेबिज रोकथाम र नियन्त्रणका लागि साझा अभियान’ भन्ने नाराका साथ विश्व रेबिज विरुद्धको दिवस आज मनाईदैछ ।

रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जसले जनावरहरूको शरीरमा प्रवेश गरेपछि रेबिज गराउँदछ र जनावरले मानिसलाई टोकेमा मानिसको मृत्यु हुन सक्छ ।

तसर्थ रेबिजबाट बच्नेतर्फ सबैले ध्यान दिनु जरुरी छ । मेडिकलको भाषामा रेबिज लागेको कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ती जनावरसँगको सम्पर्कमा मानिस आएमा रेबिज लाग्छ ।

रेबिज लागेको अर्थात् रेविड जनावरहरूको ¥यालवाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्सा विज्ञानलाई चुनौती दिएको छ ।

अहिले आएर आधुनिक चिकित्सा पद्धति अनि भ्याक्सिन अर्थात् प्रतिरोधात्मक खोपहरू प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेपछि पनि औषधीको मात्रा पूरा गरेर, सुई लगाएर रेबिजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारेमा भने रेबिज प्राणघातक बन्न सक्छ ।

तसर्थ भरसक रेबिजबाट बच्ने र रेबिज लागेको अवस्थामा उपचारमा लापरबाही नगरे जीवन सुरक्षित हुन्छ ।  रेबिजको बढ्दो चुनौतीबाट बच्न अहिले नेपाल सरकारले हरेक पालिकाबाटै रेबिज नियन्त्रणका लागि पहल गरिरहेको छ ।

रेबिजको जोखिम रहेको कुकुर, बाँदर लगायतका जनावरबाट बच्न सतर्कताका कार्यक्रमदेखि रेबिज नियन्त्रणका कार्यक्रम महत्त्वपूर्ण छन् । सम्पूर्ण कुकुरलाई भ्याक्सिनेसन गर्नेतर्फ ध्यान दिने हो भने रेबिजको जोखिम धेरै कम हुन्छ ।

रेबिज नियन्त्रण अभियान खोप संचालन गर्नेतर्फ ढिलाई गरिनुहुँदैन । कुकुरको सङ्ख्या नियन्त्रण गर्न प्रजननमा पालिकाहरूले जोड दिनु आवश्यक छ । रेबिजले मानव स्वास्थ्यमा ठुलो चुनौती सिर्जना गरेकै कारण वैज्ञानिकहरूले यसबाट बच्न उपायको खोजी गरे ।

आज रेबिजविरुद्धको दिवस मनाउँदै गर्दा रेबिज खोपको आविष्कार गर्ने फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरलाई सम्झिएन भने यो दिवस अधुरो हुन्छ । खोपको आविष्कार गरेर जसले हजारौँ मानिसको ज्यान जोगाए उनै लुइस पास्चरलाई आज सम्झने दिन पनि हो ।

तर विश्वले उनले मृत्युवरण गरेको दिनको रूपमा यो दिवस मनाउँदै आएको छ । अर्थात् सेप्टेम्बर २८ को दिन लुइस पास्चरले मृत्युवरण गरे । उनले रेबिज विरुद्धको खोप पत्ता लगाएर लाखौँको ज्यान जोगाउन सफल भए ।

रेबिजबाट बच्न हाम्रो घर वरिपरी रहेका जनावरलाई अनिवार्य खोपको व्यवस्था गर्नु जरुरी छ । तपाईँ–हामीले पनि पालेको जनावर र विशेषगरि कुकुरलाई समयमै रेबिज विरुद्धको खोप लगाउनु पनि खोपबाट बच्ने सावधानी र उपाय हो ।

सङ्क्रमित जनावरहरूसँग उनीहरूको सम्पर्क र संसर्ग नहोस् भन्ने कुरामा विशेष सचेतना हुनु आवश्यक छ । त्यसतर्फको पूर्व सावधानी पनि रेबिजबाट बच्ने उपाय हो । रेबिजको सङ्क्रमणको जोखिममा हामी जो कोही पर्न सक्छौँ, तसर्थ यो विषयमा पूर्व सचेतना अत्यावश्यक छ ।

नेपालमा हरेक वर्ष सेप्टेम्बर २२ देखि २८ गतेसम्म रेबिज सप्ताह विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । यो वर्ष पनि अभियान सुरु भएको छ । अभियान सुरु गर्दै गर्दा यो अभियानमा सबै नागरिक जोडिनु अत्यावश्यक छ ।

सबैभन्दा पहिले रेबिज रोग के हो र यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा दूर दराजमा बस्ने नेपाली नागरिकलाई यथेष्ट जानकारी दिनु जरुरी छ । पशुबाट मानिसमा सर्ने धेरै रोगहरूमध्ये सबैभन्दा डरलाग्दो प्राणघातक रोग नै रेबिज हो भन्ने कुरा अहिले पनि धेरैलाई थाहा नहुन सक्छ ।

तसर्थ रेबिजविरुद्धको सचेतना कार्यक्रममा सबै जोडिनु जरुरी छ । यो रोगबाट बच्नेतर्फ समयमै ध्यान नदिने हो भने ठुलो जोखिम हुने भएकोले अहिलेदेखि नै सतर्कता आवश्यक छ । रेबिज लागेर लक्षण देखिएपछि यसको कुनै उपचार छैन भन्ने कुरा सबैलाई बुझाउनु जरुरी छ ।

विश्वमा बर्सेनि करिब ३० हजारदेखि ५५ हजार व्यक्तिको यो रोगका कारण मृत्यु हुने गरेको तथ्याङ्क रहेकोले रेबिजबाट हरेक नागरिक आफै सचेत हुनुपर्ने आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?