© २०२३
काठमान्डौ, १२ असोज ।
अढाई वर्षीया आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा चयन गरिएको छ । काठमाडौँको शाक्य महाबिहार संघले विभिन्न प्रक्रिया पूरा गरी आर्यतारालाई जीवित देवीका रूपमा छनोट गरेको हो ।
संघका अनुसार आर्यताराले आगामी मंगलबार दिउँसो १२:०५ देखि १२:१६ बजेसम्मको शुभ साइतमा कुमारीको आसन ग्रहण गर्नेछिन् । सोही दिन हालकी कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित विधिवत् बिदाइ गरिने कार्यक्रम तय भएको छ ।
नयाँ कुमारी चयनका लागि संघले काठमाडौंका १५ बहाललाई पत्र पठाई नाम सिफारिस गर्न आग्रह गरेको थियो । प्राप्त नामावलीहरूमध्ये निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ्ग निर्णायक समितिको सल्लाहअनुसार आर्यतारालाई चयन गरिएको संघले जनाएको छ ।
काठमाडौंमा जीवित देवी कुमारीलाई पूज्ने परम्परा झण्डै २७० वर्षअघिदेखि चलिआएको हो । कुमारीलाई महालक्ष्मीको प्रतीक मानिन्छ भने यस परम्पराको शुरुवात मल्लकालीन राजा जयप्रकाश मल्लले गरेका थिए ।