ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

दसैँ पर्वका रमाइला १५ दिनहरू

११ आश्विन २०८२, शनिबार
११ आश्विन २०८२, शनिबार

धेरै पहिलेको समयमा हरेक वर्षको असार, असोज, पुस र चैतमा दसैँ मनाइन्थ्यो । पछि असोज वा कार्तिकमा र चैतमा दसैँ मनाउने चलन चल्यो । असोज–कात्तिकमा मनाइने दसैँलाई ठुलो वा बडा वा शारदीय दसैँ भनिन्छ भने चैतमा मनाइने दसैँलाई चैते दसैँ भनिन्छ । यस अङ्कमा हामी बडादसैँको चर्चा गर्ने छौँ ।

नेपालीको सबैभन्दा ठुलो चाड दसैँ हो । यो चाड १५ दिनसम्म मनाइन्छ । दसैँमा घर वा मन्दिरमा गएर देवीको पूजा गरिन्छ । मान्यजनको हातबाट टीका थाप्ने गरिन्छ । मान्यजनले आशीर्वाद पनि दिन्छन् । राम्रा र नयाँ लुगा लगाएर, मिठो खाएर, टीका लगाएर दक्षिणा पाउँदा निकै रमाइलो हुन्छ । चङ्गा उडाउन र पिङ खेल्न पाइने हुँदा रमाइलो अझै थपिन्छ ।

घटस्थापनाः
दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । पूजाकोठा, काठमाडौँको हनुमानढोका तथा गोरखा दरबारको दसैँघरमा माटो र बालुवाको वेदी तयार पारिन्छ । कोठाभित्र माटोलाई सम्म पारी जमरा उमार्न तयार पारिएको स्थानलाई वेदी भनिन्छ । त्यसमा जौ, गहुँ र मकै छर्ने गरिन्छ ।

त्यस स्थानमा माटो, पित्तल, चाँदी वा सुनको घडामा जल राखेर स्थापना गरिन्छ । पूजामा पानी भरेर राखिने सिँगारिएको भाँडो (कलश) लाई घडा भनिन्छ । महासरस्वती, महाकाली र महालक्ष्मीलाई घडामा आह्वान गरेर नौ दिनसम्म पूजा गरिन्छ । देवीसम्बन्धी पुस्तक (चण्डी, दुर्गा सप्तशती) पाठ गरिन्छ । दुर्गा देवीको मूर्ति, तस्बिर वा यन्त्र, पुस्तक, जमरा सबैको पूजा १० दिनसम्म गरिन्छ ।

फूलपाती
दसैँको सातौँ दिन अर्थात् सप्तमीलाई फूलपाती भनिन्छ । यस दिनमा नवपत्रिका (केराको पात, धानको बाला, वनहलेदोको बोट, बेलपत्र, अशोक, जयन्ती, अनारको पात, कपुर, तरुल आदि) घरको पूजाकोठामा लगेर राख्ने गरिन्छ । केही नेवार समुदायमा सप्तमीको सट्टा अष्टमीमा नवपत्रिका भित्र्याउने प्रचलन छ ।

घटस्थापनादेखि नवमीसम्म देवीका विभिन्न मठमन्दिरमा गई पूजा गर्नुका साथै पशुपंक्षीको बलि पनि दिइन्छ । देवीका मन्दिर र पीठमा मेला पनि लाग्छ । महोत्तरीको सोनामाई स्थान, दोलखाको त्रिपुरासुन्दरी, नुवाकोटको भैरवी मन्दिर, गोरखाको गोरखकाली मन्दिर, म्याग्दीको अन्नपूर्णा मन्दिर, गुल्मीको दरबार देवीस्थान, छत्रदेवता मन्दिर, लमजुङ गाउँसहरको कालिका मन्दिर, प्युठानको राजगुरु मन्दिर र झाक्रीथान, सल्यानको खैरावाङ, रुकुमको कालिका मन्दिर, कालीकोटको मालिकास्थान, बाँकेको वागेश्वरी मन्दिर, बाजुराको भगवती मन्दिर आदिमा दुर्गाभवानीको पूजा गरिन्छ ।

काठमाडौँ उपत्यकामा विभिन्न पीठ वा मन्दिरमा नौ दिनसम्म बाजा बजाएर समूह समूहमा जाने चलन पनि छ । भद्रकाली, सङ्कटा, शोभाभगवती, तलेजु भवानी, बगलामुखी, महालक्ष्मीस्थान, नवदुर्गा मन्दिर, गुह्येश्वरी आदि देवीस्थानमा नौ दिनसम्म भक्तजनको घुइँचो लाग्छ ।

फूलपातीका दिन गोरखा दरबारबाट ल्याइएको फूलपातीलाई काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइन्छ ।  अष्टमी र नवमीको दिनमा दसैँघर र आआफ्नो पूजाकोठामा कुल परम्परा अनुसार सुगन्ध बलि (फलफूल, तरकारी) अर्पण गर्ने र जमरामा बलि चढाउने चलन छ । देवीलाई चढाएको बलिलाई प्रसादस्वरूप पकाएर खाने गरिन्छ । अधिकांश हिन्दुले दसैँका बेला पूजाकोठामा चण्डी पुस्तक पाठ गर्छन् । कतिपयले आफूले चण्डी पाठन नगर्ने तर ब्राह्मणद्वारा पाठ गराउने गर्छन् । मन्दिर जाँदा रातो रङको वस्त्र लगाउने चलन छ । टीकाका बेला नयाँ लुगा लगाउने चलन पनि छ ।

 दशमी 
जमरा राखेको १० औँ दिन दसैँको प्रमुख दिन हो । यो दिन नौ दिनसम्म पूजा गरेको देवीको प्रसाद र अभिषेक ग्रहण गरिन्छ । पूजाकोठामा स्थापना गरेको कलशबाट जल अभिषेक लिएर परिवारका जेठा सदस्यबाट टीका, जमरा लगाउने चलन छ । कसैले दशमीका दिनमा मात्र टीका लगाउँछन् भने कसैले पञ्चमीसम्म टीका थाप्छन् ।

यो प्रचलन स्थान अनुसार फरक छ । मान्यजनको हातबाट टीका थाप्दा आशीर्वाद र दक्षिणा दिने गरिन्छ । देवीलाई चढाएको जमरारूपी फूल शिरमा लगाइन्छ । नेवार समुदायमा दसैँलाई मोहनी भन्ने चलन छ । नौ दिनसम्म नौ जना देवी (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्र घन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिधात्री) को नाम उच्चारण गरेर पूजा पाठ गरिन्छ ।

दसैँ पर्व खानपिन, मनोरञ्जन र धार्मिक कार्यसँग जोडिएको हुन्छ । टाढा टाढासम्म टीका थाप्न जाने चलन भएकाले दौडादौड हुन्छ । अरू दिनमा सामान्य भोजन गरिए पनि दसैँमा धेरै परिकार र स्वादिष्ट भोजन गरिन्छ । टोल टोलमा बनाइएका पिङमा मच्चिने गरिन्छ । यो बेला भुइँलाई एक पटक छोड्नु पर्छ भन्ने मान्यता अनुरूप पिङ खेल्ने चलन भएको हो ।

टीका लगाइँदा मन्त्र उच्चारण गर्ने चलन छ–
आयुद्र्रोण सुते, श्रीयं दशरथे, शत्रु क्षयं राघबे,
ऐश्वर्य नहुषे गतिश्च पवने मानन्च दुर्योधने
शौर्य शन्तनवे बलं हलधरे सत्यन्च कुन्तीसुते 
विज्ञान बिदूरे भवति भवताम कीर्तिश्च नारायण ।

अर्थात् द्रोणका छोरा अस्वत्थामाको जस्तो आयु, राजा दशरथको जस्तो श्रीसम्पत्ति, रामको जस्तो शत्रु नाश गर्न सक्ने क्षमता, नहुषको जस्तो ऐश्वर्य, पवन (हावा) को जस्तो गति, दुर्योधनको जस्तो मान, शन्तनुका सन्तान देवव्रत (भीष्म) को जस्तो सौर्य वीरता, हलो बोकेर हिँड्ने बलरामको जस्तो बल, कुन्तीको छोरा (युधिष्ठिर) जस्तो सत्यनिष्ठा, विदुरको जस्तो ज्ञान विज्ञान जान्नु र नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिइन्छ । आयु, आरोग्य, ऐश्वर्य यसमा समेटिएको छ ।

देवीका प्रतिमा
टोल टोलमा दूर्गाले राक्षसलाई वध गरेका मूर्ति बनाउने चलन पनि छ । मूर्तिमा देवीका दुईदेखि २० वटा हात बनाइन्छ । त्रिभङ्ग मुद्रामा १० हात भएकी महिषासुरमर्दिनीको मूर्ति बनाउँदा दायाँ हातमा त्रिशूल, खड्ग, चक्र, वाँण र शक्ति राखिन्छ भने बायाँ हातमा खेटक, चाप, पाश, अङ्कुश र घण्टा राख्ने गरिन्छ । देवीको बायाँ हातले दैत्यको कपाल समातेको र छातीमा त्रिशूल रोपेको दृश्य देखाउने गरिन्छ । यस्ता मूर्ति डरलाग्दा पनि हुन्छन् ।

दशमीका दिन यी मूर्तिलाई नदीमा लगेर सेलाइन्छ । अन्तिम दिन अर्थात् पूर्णिमाका दिन कोजाग्रत पूर्णिमा भनिन्छ । यो दिन लक्ष्मी माताको आराधना गर्ने र कौडा, तास खेल्ने चलन छ । घटस्थापनाका दिनमा राखेको जमरालाई पूर्णिमाका दिनमा नदी वा रुखको फेदमा सेलाइन्छ तर केही समुदायमा भने जमरा तिहारसम्म राखेर दाजुभाइलाई माला बनाएर लगाइदिने चलन पनि छ ।

असत्यमाथि सत्यको सधैँ विजय हुन्छ भन्ने पाठ सिकाउने पर्वका रूपमा दसैँलाई लिइन्छ । दसैँ प्रकृति, कृषि र पर्यावरण संरक्षण गर्न सिकाउने पर्व हो । स्त्री शक्ति, मातृशक्तिको महिमा सिकाउने पर्व हो । समाजको महत्व बुझाउँदै ठूलाको सम्मान र सानालाई संरक्षण, माया गर्न सिकाउने पर्व हो । ईश्वर, प्रकृतिप्रति कृतज्ञता ज्ञापन गर्दै पारिवारिक मूल्य मान्यता बुझेर साथीभाइसँग मनोरञ्जन गर्न सिकाउने पर्व हो । मूर्त र अमूर्त सम्पदा, प्रतिमा र मन्दिरको कला तथा वास्तु शैलीको महŒव बुझाउने पर्व हो । परिवारका सदस्यलाई भेट्ने, रमाइलो गर्ने, मनका कुरा साट्ने पर्व पनि हो । सकारात्मक सोच लिएर मिठो खाँदै राम्रो र सफा लुगा लगाएर रम्न सिकाउने पर्व हो दसैँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?