ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
परमाणु हतियार निर्मूल दिवस 

हिरोसिमा र नागासाकीबाट पाठ सिक्ने कि ? 

१० आश्विन २०८२, शुक्रबार
१० आश्विन २०८२, शुक्रबार

आज अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस । पारमाणविक हतियारहरूको पूर्ण उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, जसलाई आणविक हतियार उन्मूलन दिवस पनि भनिन्छ ।

संयुक्त राष्ट्र सङ्घले हरेक वर्ष सेप्टेम्बर २६ मा मनाउने यो दिवसमा परमाणु हतियारबाट हुने चुनौती र यसको निर्मूलनका लागि आह्वान गर्दै आएको छ । यो दिनले आणविक निःशस्त्रीकरणको यात्रातर्फ विश्वलाई अघि बढाउन प्रेरित गर्दछ ।

तर, यो दिवस मनाइरहँदा पछिल्लो समयमा विश्वमा परमाणु हतियार निर्माण र त्यसको भण्डारणले विश्वलाई चिन्तित बनाएको छ । विश्वका शक्तिशाली राष्ट्रल परमाणु हतियारमा कटौती गरेका छैनन् ।

उत्तर कोरियाले परमाणु बमले विश्वलाई तहसनहस बनाउन सक्ने चेतावनी दिँदै आएको छ । रुस, अमेरिका, चीन, पाकिस्तान, भारत, बेलायत, फ्रान्स लगायतका मुलुकहरू आणविक हतियारको धेरै भण्डारण गर्ने राष्ट्रमा पर्दछन् ।

पछिल्लो समय चीन र भारतले आणविक हतियार निर्माण र भण्डारणको कामलाई तीव्रता दिएका छन् । चीन र भारत आणविक शक्ति निर्माणको दौडमा छन् । चीनले जल, स्थल र हवाई सेनाको निर्माणसँगै आणविक हतियारहरूको पनि त्यसै गरी विकास गरिरहेको छ ।

रिपोर्टका अनुसार भारतले पाकिस्तानलाई पछि पार्ने गरी आणविक हतियारको विकास र भण्डारण गरिरहेको छ । त्यसै गरी यही समयमा उत्तर कोरियाले पनि आफ्नो राष्ट्रिय सुरक्षा रणनीतिको एक महत्त्वपूर्ण अंशको रूपमा आणविक कार्यक्रमलाई अघि बढाइरहेको छ ।

विश्वमा अहिले सबैभन्दा बढी आणविक हतियार रुससँग रहेको छ । रुससँग अहिले ६ हजार ३ सय ७५ आणविक हतियार रहेका छन् । दोस्रोमा अमेरिका पर्छ । अमेरिकासँग ५ हजार ८ सय वटा आणविक हतियार रहेका छन् ।

त्यस्तै फ्रान्ससँग २ सय ९०, बेलायतसँग २ सय १५ वटा आणविक हतियार रहेका छन् । पाँच वर्ष अघि संयुक्त राष्ट्र सङ्घको महासभामा १ सय २२ मुलुकले परमाणु हतियारमा प्रतिबन्ध लगाउने सन्धिमा हस्ताक्षर गरेका थिए । तर, सन्धिको उल्लङ्घन गरिएको छ ।

पछिल्लो समय रुस–युक्रेन युद्धले सिङ्गो संसारलाई चिन्तित बनाएको छ । कतै विजयी हुने उन्मादमा रुसले आणविक हतियारको प्रयोग त गर्दैन भन्ने संशय छ । यो चिन्ता र चासोले आणविक हतियार प्रयोगको घातक अभ्यासबाट सिङ्गो विश्वले भोगेको अपूरणीय क्षतिको विगत सम्झाइदिएको छ ।

बर्षौसम्म तन्किएको युद्धको पृष्ठभूमिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई आणविक हतियार आक्रमणको चेतावनी दोहो¥याइरहेका छन् । कतिपयले भने रुस–युक्रेन युद्धले विश्व फेरि तेस्रो विश्वयुद्धतिर धकेलिने त होइन भन्ने आशङ्का गर्दै आएका छन् ।

शक्ति राष्ट्रहरूको आणविक हतियार प्रदर्शन, चेतावनीले विश्वमा आणविक हतियारहरूको होडबाजी तथा प्रयोग बढ्दै जाने चिन्ता थपिदिएको छ । आणविक हतियारहरू पृथ्वीमा सबैभन्दा खतरनाक हतियार बन्दै गएका छन् ।

यस्तो हतियारको प्रयोगले निमेषभरमै सिङ्गो सहरलाई नष्ट गर्न सक्ने तागत राख्छन् । सजिलै लाखौँको ज्यान लिन सक्छन् । सन् १९४५ मा हिरोसिमा र नागासाकीमा भएको आणविक हतियार विस्फोटमा लगभग दुई लाख ३५ हजार मानिसको मृत्यु भएको थियो ।

हिरोसिमा र नागासाकीको त्यो भयानक त्रासदीले अहिले पनि सिङ्गो विश्वलाई तर्साइरहन्छ । जापानले परमाणु हतियारले पु¥याएको क्षतिको पीडा अहिले पनि भोगिरहेको छ । अतः हिरोसिमा र नागासाकीको घटनाबाट विश्वले पाठ सिक्नु जरुरी छ ।

शक्ति राष्ट्रहरूले हरेक वर्षजस्तो आणविक हतियारको निर्माण तथा परीक्षणमा ठूलो रकम खर्च गर्दै जानु विश्व मानव समुदायका लागि चुनौतीको विषय हो ।

यस्तो चुनौतीले अहिलेको पुस्तालाई मात्रै तर्साइरहेको छैन, अर्को पुस्तालाई समेत सम्भावित जोखिमको सँघारतिर धकेलिरहेको छ । अतः अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवसको अवसरमा जापानको हिरोसिमा र नागासाकीको घटनाबाट पाठ सिकेर विश्वलाई परमाणु हतियार निर्मूलको मार्गमा अघि बढाउनु जरुरी छ ।

अव विश्वमा युद्ध र अस्थिरता होइन, शान्ति चाहिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?