© २०२३
बुटवल, १० असोज ।
काठमाण्डौमा सम्पन्न प्रधान सेनापति ट्रफि–२०८२ को उपाधि उपत्यका पृतनाले हात पारेको छ । शुक्रबार सम्पन्न समापन खेलमा सर्वाधिक पदकसहित उपत्यका पृतना लगातार विजेता बन्न सफल भएको हो । प्रतियोगितामा श्री नं. १६ बाहिनी अड्डा उपविजेतामा चित्त बुझायो । यसैगरी गणतर्फ पुरानो गोरख गण प्रथम र श्री जगदल गण द्वितीय भएका छन् ।
भाद्र १७ गतेबाट सुरु भएको प्रधान सेनापति ट्रफि–२०८२ खेलकुद प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरूमा प्रतिस्प्रर्धा भएको थियो ।
शुक्रबार एक कार्यक्रमका बिच प्रधान सेनापति महारथी अशोक राज सिग्देल, पूर्व प्रधान सेनापतिहरु, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, बलाध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । साथै उत्कृष्ट खेलाडी र रेफ्रीहरूलाई पनि सम्मान गरिएको छ ।