Butwal Today

ट्रम्पद्वारा औषधि आयातमा १०० प्रतिशत भन्सार शुल्कको घोषणा

१० आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १० असोज ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राण्डेड र पेटेन्टेड औषधि आयातमा १०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यो निर्णय आगामी अक्टोबर १ देखि लागू हुने ट्रम्पले जानकारी गराएका छन् ।

ट्रम्पले अमेरिकी नागरिकका लागि औषधि मूल्य घटाउने वाचा गरे पनि औषधि निर्यातकर्ता देशहरूमाथि कडा कर लगाउने कदम चालिरहेका छन् । सीएनएनका अनुसार यो कदमलाई अमेरिकी औषधि उद्योगलाई देशमै उत्पादन गर्न दबाब दिने रणनीतिका रूपमा हेरिएको छ ।

भारत अमेरिकी बजारमा सबैभन्दा ठूलो औषधि निर्यातकर्ता देश हो । यस निर्णयले भारतीय औषधि उत्पादक कम्पनीहरूमा नकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ । अमेरिकी सरकारले यसअघि पनि भारतीय उत्पादनमाथि ५० प्रतिशत भन्सार शुल्क लगाइसकेको थियो ।