ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

विपत्मा यौन तथा प्रजनन स्वास्थ्य सुरक्षाको आवश्यकतामाथि छलफल

१० आश्विन २०८२, शुक्रबार
१० आश्विन २०८२, शुक्रबार

पाल्पा, १० असोज ।

पाल्पाको तानसेनमा विपत् तथा महामारीको समयमा यौन तथा प्रजनन स्वास्थ्य सुरक्षामा पर्ने जोखिमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार नेपाल परिवार नियोजन संघ, पाल्पाको आयोजनामा भएको उक्त कार्यक्रममा विपद् र महामारीका बेला यौन तथा प्रजनन स्वास्थ्यमा पर्न सक्ने जोखिम र तिनको न्यूनिकरणका उपायबारे सरोकारवालाबीच प्रस्तुतीकरण गरिएको थियो ।

संघका शाखा प्रबन्धक शोभाकान्त न्यौपानेले नेपाल परिवार नियोजन संघले केवल परिवार नियोजनका साधन वितरणमा मात्र सीमित नरही, विपद्का समयमा मानविय सेवा पनि प्रदान गर्दै आएको जानकारी दिए। उनले परिवार नियोजन भनेको केवल सन्तान संख्या नियन्त्रण नभई सम्पूर्ण परिवार व्यवस्थापनसँग सम्बन्धित भएको उल्लेख गरे ।

न्यौपानेका अनुसार, विपत्को अवस्थामा विद्युतीय सञ्चार माध्यमले काम नगरेको खण्डमा सूचना पाटी (सूचना बोर्ड) मार्फत यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ ।

विपत्को समयमा हुन सक्ने जवरजस्ती करणी, गर्भवती तथा सुत्केरी महिलाले भोग्न सक्ने समस्या लगायतका विषयलाई संघले प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएको समेत उनले स्पष्ट पारे ।

उनले जिल्लाको विपद् व्यवस्थापन समितिमा परिवार नियोजन संघका प्रतिनिधिहरू पनि सक्रिय रूपमा सहभागी हुने जानकारी दिँदै विपत्का लागि आवश्यक ‘मर्यादा सामग्री’को ६ सेट तयारी अवस्थामा राखिएको बताए ।

कार्यक्रममा महामारी तथा विपद्को अवस्थामा जिल्ला स्तरका सरकारी निकाय, सुरक्षा निकाय, स्वास्थ्य संस्था, सञ्चारकर्मी लगायत सम्बन्धित संघसंस्थाले निर्वाह गर्नुपर्ने भूमिकाबारे सचेतनामूलक प्रस्तुती तथा अभ्यास समेत गरिएको थियो।

वि.सं. २०१६ सालमा स्थापना भएको नेपाल परिवार नियोजन संघले ग्रामीण भेगमा स्वास्थ्य चौकी नहुँदा देखिनै समुदायमा पुगेर सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?