© २०२३
बर्दिया, १० असोज ।
चाडपर्वलाई मध्यनजर गरि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । चाडपर्वमा हुन सक्ने सम्भावित अपराधिक घटना हुन नदिन सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सर्वदलीय सर्वपक्षीय बैठक बसी सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्णय गरिएको छ ।
सर्वदलीय बैठकमा चाडपर्व लक्षित शान्ति सुरक्षा व्यवस्था योजनाहरू कार्यान्वयमा ल्याईएको छ । चाडपर्वमा लागुऔषधको दुरुपयोग रोक्न प्रहरीले निगरानी गर्ने, चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई थप सक्रिय बनाउने र आपसी सद्भाव भड्काउने समुहलाई निगरानी गरी कानुन अनुसार आवश्यक कारवाही गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ ।
चाडपर्वको बेला हुने कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनका साथै सीमा नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिमल गुरुङले बताए । ‘चाडपर्व विशेष योजना मंगलबार देखि सुरु भएको छ,’ अधिकृत गुरुङले भने,‘१० बजेपछि डिजे बजाउन रोक र सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा निकायको व्यापक रुपमा गस्ती परिचालन हुनेछ ।’ यस्तै गत मंगलबार देखि राति १० देखि बिहान ५ बजेसम्म प्रशासनले गुलरिया बजारमा निषेधाज्ञा जारी गरेको छ ।
चाडपर्वलाई लक्षित गरि जिल्लाभर ५ सय ७९ प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालयका डिएसपी देबेन्द्र कुमार मल्लले बताए ।