© २०२३
बुटवल, १० असोज ।
जी ट्वाईन्टी फाईभ क्लबको आयोजनामा बुटवलमा जारी वडा स्तरीय प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगिताको लागि वडा नं. ११ र वडा नं. ४ बिचमा खेल हुने भएको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नं. ११ ले वडा नं. ३ लाई २–० गोलले पराजित गर्दै उपाधि दाबेदारी पेस गरेको छ ।
यसै गरी दोस्रो सेमिफाइनलमा वडा नं. ६ ले वडा नं. ४ लाई ३–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
फाइनल खेल शुक्रबार दिउसो ३ बजे हुने संयोजक रमेश कुमार जोशीले बताए । यसैबिच आयोजक र पत्रकार बिचमा शुक्रबार बिहान मैत्रीपूर्ण खेल समेत आयोजना गरिने उनले बताए ।
देविनगरस्थित एन्फा खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा वडा नं. ११ को जितमा यम बहादुर बुचा, विजय रायमाझीले गोल गरे । खेलमा वडा नं. ११ का सोम बहादुर थापा (सुरज) म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
अर्को खेलमा वडा नंं. ६ को जितमा अशोक खड्काले २ तथा चन्द्रमान श्रेष्ठले एक गोल गरे । खेलमा अशोक खड्का म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको विजेता टिमले नगद ५५,५५५ रूपैयाँ, कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगद २५,५५५ रूपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा हाइ स्कोरर, उत्कृष्ट खेलाडी र उत्कृष्ट किपरलाई नगद ५ हजार रूपैयाँ र कपबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष जगदिश न्यौपानेले बताए ।
नगरमा रहेका भेट्रान्स खेलाडीहरूलाई पुनर्ताजगी गराउने गरी फुटबल प्रतियोगिता गरिएको प्रतियोगितामा १४ वटा वडाका खेलाडीहरू सहभागी छन् ।