© २०२३
काठमान्डौ, १० असोज ।
अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा नेपाल बिमा प्राधिकरणका नयाँ अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज शपथ लिएका शर्मा मन्त्रिपरिषद्को असोज ९ गतेको निर्णयअनुसार नियुक्त भएका हुन् र उनले आजै कार्यभार सम्हाल्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि शरद ओझा अध्यक्ष नियुक्त भए पनि अनुभव सम्बन्धी फर्जी कागजात बुझाएको आरोपमा सरकारले न्यायिक समितिबाट छानबिन गरेको थियो । समितिको प्रतिवेदन अनुसार ओझाको योग्यता पुगेको नपाइएको पाइएको र त्यसपछि उनलाई निलम्बन गरिएको थियो । त्यसबेला अध्यक्ष जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई दिइए पनि सर्वोच्च अदालतको आदेशपछि ओझा प्राधिकरणमा फर्किएका थिए ।
सरकारले ओझालाई हाजिर नगराउन निर्देशन दिएको छ र सो निर्णयसँगै जनकराज शर्मालाई अध्यक्ष पदमा नियुक्त गरिएको हो ।