© २०२३
काठमान्डौ, १० असोज ।
हिजो घटेको सुनचाँदीको मूल्य आज पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेर दुई लाख २२ हजार ५०० रुपैयाँ पुगेको छ ।
विगत केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य हिजो प्रतितोला १ हजार ७०० रुपैयाँ घटेर दुई लाख २१ हजार ३०० रुपैयाँमा झरेको थियो । यसअघि बुधबार सुनको मूल्य तोलाको दुई लाख २३ हजार रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा महँगो मूल्य हो ।
सुनसँगै चाँदीको मूल्य पनि आज बढेको छ । प्रतितोला ५५ रुपैयाँले वृद्धि भई चाँदीको मूल्य आज दुई हजार ७४० रुपैयाँ पुगेको छ, जुन पनि अहिलेसम्मकै उच्च मूल्य हो ।