© २०२३
बुटवल, १० असोज ।
बुटवलमा जारी वडा स्तरीय प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार दुई मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । जी ट्वाईन्टी फाईभ क्लबको आयोजनामा भएको पहिलो खेलमा ट्वान्टी फाईभ क्लब, बुटवल र नेपाल पत्रकार महासंघ रुपन्देही टिम विजयी भएका छन ।
बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको पहिलो खेलमा ट्वान्टी फाईभ क्लब, बुटवलले आईएमई बैंकको समूहलाई २–१ ले पराजित गरेको छ । दोस्रो खेलमा नेपाल पत्रकार महासंघ रुपन्देहीले शैक्षिक परामर्श ब्यवसायीलाई शून्यका विरुद्ध १ गोलको अन्तरले पराजित गर्दै विजयी बन्न सफल भयो । खेलमा पत्रकार टिमका गोलकर्ता डिबी सुस्लिङ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
एक कार्यक्रमका बिच विजेता टिमहरुलाई आयोजक जी ट्वान्टी फाईभ क्लबका अध्यक्ष जगदिश न्यौपाने, खेल संयोजक रमेश कुमार जोशी लगायतले पुरस्कृत गरेका थिए । जी ट्वान्टी फाईभ कप भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल पनि शुक्रबार नै दिउसो हुनेछ । जसमा उपाधिका लागि बुटवल ६ र बुटवल ११ ले प्रतिस्र्धा गर्ने खेल संयोजक रमेश कुमार जोशीले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष जगदिश न्यौपानेले बताए ।