© २०२३
काठमान्डौ, १० असोज ।
जेनजी आन्दोलनका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसपटक दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने निर्णय गरेको छ ।
कम्पनीका अनुसार सडक अवरोध र असुरक्षित पशु आपूर्तिका कारण व्यवस्थापनमा समस्या उत्पन्न भएपछि बिक्री स्थगित गरिएको हो । आन्दोलनअगाडि करिब दुई हजार खसी–बोका अनलाइन अग्रिम भुक्तानी मार्फत बुकिङ भएका थिए ।
बागमती प्रदेश प्रमुख धर्मकुमारी राजवंशीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवस्तरीय बैठकबाट खरिद–बिक्री कार्य नगर्ने निर्णय भएको जानकारी दिइन् । अनलाइन बुकिङ गरेका केही उपभोक्ताको रकम फिर्ता प्रक्रिया पनि सुरु गरिएको छ ।
कम्पनीले विगतमा दसैँमा खसी–बोका स्वास्थ्य परीक्षण, खरिद तथा ढुवानी लागत मूल्याङ्कन गरी सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध गराउने गर्दै आएको थियो । यसले बजारको एकाधिकार हटाउन र मूल्य नियन्त्रणमा सहयोग पुर्याउँदै पूर्ण प्रतिस्पर्धात्मक बजार विकासमा योगदान दिएको थियो ।
यद्यपि, दसैँमा काठमाडौँ उपत्यकामा करिब ५० हजार खसी–बोकाको अतिरिक्त माग हुने गरेको छ ।