Butwal Today

ऊर्जामन्त्री घिसिङ र युरोपेली संघका राजदूतबीच शिष्टाचार भेटवार्ता

१० आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १० असोज ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोबीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा राजदूत लोरेन्जोले मन्त्री घिसिङलाई युरोपेली संघतर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छिन् ।

भेटमा रणनीतिक महत्त्वका जलाशययुक्त जलविद्युत् आयोजना, हरित ऊर्जा, ऊर्जा सुरक्षा तथा दक्षता, ऊर्जा क्षेत्रमा थप सहायता लगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री घिसिङले जेनजी आन्दोलनपछि गठन भएको सरकारको प्राथमिकतामा चुनाव, सुशासन र आन्दोलनका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण भएता पनि विकास आयोजनालाई अगाडि बढाउन नीतिगत तथा कानूनी सुधार, अन्तरमन्त्रालय समन्वय र विद्युत बजार सुनिश्चित गर्नु रहेको बताए ।

उनले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजना निर्माणलाई उच्च प्राथमिकतामा राखिएको र आयोजनाको वित्तीय व्यवस्थापन, प्रसारण तथा वितरण प्रणाली सुधारका लागि युरोपेली संघको थप सहायता उपलब्ध गराइदिन आग्रह गरे ।

राजदूत लोरेन्जोले नेपालको ऊर्जा क्षेत्रमा सहकार्य र सहयोगको लागि युरोपेली संघ सँधै तयार रहेको स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?