Butwal Today

कुहिएका नेताहरू हटाए मात्र ठूला परिवर्तन सम्भव छ: मन्त्री पुन

१० आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १० असोज ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशमा वास्तविक परिवर्तन कुहिएका नेताहरू हटाएपछि मात्र सम्भव हुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत मन्तव्य व्यक्त गर्दै उनले आगामी निर्वाचनमा स्वच्छ र युवा नेताहरूको अत्यधिक बहुमतसहितको सरकार गठन गर्न सम्पूर्ण नागरिकलाई आह्वान गरेका छन् ।

मन्त्री पुनले भने, “कुहिएका नेताहरूलाई विस्थापित नगरी स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतसहितको सरकार निर्माण नगरेसम्म ठूला परिवर्तन सम्भव छैन ।”

उनले योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएका युवा जनप्रतिनिधिहरूलाई छान्ने अभियानमा नागरिकलाई झैझगडा नगरी संगठित रूपमा चुनावमा सहभागी हुन समेत आग्रह गरे ।

उनको भनाइमा, “भ्रष्टाचारलाई सकेसम्म न्यून गरी सुशासन दिने, नेपाललाई आर्थिक रूपमा सम्पन्न बनाउने, विदेशी हस्तक्षेप रोक्ने र प्रत्यक्ष राष्ट्रपतीय व्यवस्था कायम गर्ने सपना देख्ने सम्पूर्ण नेपालीहरूले अब योग्य र दृढ सङ्कल्प भएका युवा नेताहरूलाई नेतृत्व दिन तयार हुनुपर्छ ।”