Butwal Today

सवारी चालक अनुमति पत्र र सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द

१० आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १० असोज ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (ईडीएल) र सवारी दर्ता (ईभीआरएस) सम्बन्धी सबै सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

विभागले शुक्रबार प्रकाशित सूचना अनुसार,भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित डाटा सेन्टरमा आगजनी भएपछि प्रणालीमा समस्या आएको हो । यसकारण सर्वर मर्मत कार्य जारी रहेकाले अर्को सूचना नभएसम्म यी सेवाहरू उपलब्ध नहुने विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार प्रणालीको मर्मत कार्य सम्पन्न भएपछि मात्र चालक अनुमति पत्र र सवारी दर्तासम्बन्धी अनलाइन सेवा पुनः सुचारु गरिनेछ ।