© २०२३
काठमान्डौ, १० असोज ।
मन्त्रिपरिषद् बैठकले गरेको १९ बुँदे निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
मन्त्री खरेलका अनुसार बैठकले प्रधानमन्त्री कार्यालय मातहत रहेका राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सार्ने निर्णय गरेको छ ।
यस्तै, अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्षका रूपमा जनकराज शर्मालाई जिम्मेवारी दिने निर्णय भएको छ । त्यस्तै, सहसचिव डा. रामगोविन्द अर्याल र रमेश शर्मा पौड्यालको राजीनामा स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सञ्चारमन्त्री खरेलका अनुसार यीबाहेकका विभिन्न १९ निर्णयमा प्रशासनिक, संरचनात्मक र कार्यगत विषयहरू समावेश छन् ।

